Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५बायु प्रदुषण बढ्दा नागरिक रोगी : सभामुख महरा

बायु प्रदुषण बढ्दा नागरिक रोगी : सभामुख महरा


दाङ, संघिय सरकारका सभामुख कृष्ण बहादुर महराले लमही नगर पालिका वडा नम्बर ६ को कर्री सामुदायिक बन क्षेत्रमा सतिसालको बिरुवा रोपेका छन् ।

बिरुवा रोप्दै सभामुख महराले बिस्वमा वायु प्रदुषण बढ्दै गएकोले हरेक नागरिक रोगी भएको बताए । लमही नगर पालिकाले बिहिबार लमहीमा आयोजना गरेको बृहत वृक्षारोपण कार्यक्रममा सभामुख महराले यस्तो बताएका हुन् । धेरै जसो सामुदायिक जङ्गलमा बन फडानी हुने गरेको बताउदै बन जोगाउनु पर्छ भन्ने चेतना थोरैलाई मात्र भएको उनले बताए । लमही देउखुरीको केन्द्र बिन्दु भएकोले बिकासका सम्भावना प्रशस्तै भएको भन्दै बिकासका लागि आफुले अर्थमन्त्री सङ धेरै पटक छलफल गरेको पनि सभामुखले बताए ।

कार्यक्रममा सभामुख महरालाई कुलमोहरका स्थानियले सुकुम्बासी समस्या समाधान गरिदिनका लागि ज्ञापनपत्र बुझाएका थिए, ज्ञापनपत्र बुझ्दै सभामुख महराले सुकुम्बासीहरुको समस्यालाई समाधान गर्नका लागि स्थानिय सरकार, प्रदेश र केन्द्रमा पनि कुरा चलाउने बताए । त्यस्तै प्रतिनिधि सभा सदस्य मेटमनी चौधरीले अक्सिजन प्राप्तीका लागि र मानब स्वास्थ्य जोगाउनका लागि रुख रोप्न अपरिहार्य भएको बताए । त्यस्तै प्रदेश सभा सदस्य इन्द्रजित थारुले हरेक नागरिकले बिरुवा रोप्ने सरकारले नीति लिएकोले बाताबरणलाई जोगाउन यो कार्यले मद्धत गर्ने बताए ।

कार्यक्रममा डिभिजन बन कार्यालय देउखुरीका प्रमुख शंकर प्रसाद गुप्ताले यस क्षेत्रमा साल जातका बिरुवा उत्पादन गर्न खोजेको तर माटो कडा भएकोले अन्य बिरुवा रोप्नु परेको जानकारी गराएका थिए । संघीय सरकार बाट बन मन्त्रालयलाई बजेट हस्तान्तरण गरेर चुरेपहाड सौन्दर्यकरण कार्यक्रम सन्चालन भैरहेको छ । जस अन्तर्गत डिभिजन बन कार्यालयले कर्री सामुदायिक बनको पाच हेक्टर क्षेत्रफलमा करिब ३५ सय बिरुवा रोप्ने भएको हो । यस्तै आज बिहिबार मात्र उक्त क्षेत्रमा दुई सय बिभिन्न जातका बिरुवा रोपिएको छ । कार्यक्रममा लमही नगर पालिकाका प्रमुख कुल बहादुर केसीले सरकारले भर्खरै प्रस्तुत गरेको बजेट्ले लमही नगर पालिकालाई छुन नसक्नु लज्जाबोध भएको बताए ।

प्रदेश सरकारका तर्फ बाट थुप्रै कार्यक्रम संचालन भैरहदा केन्द्रको बजेटले छुन नसक्नु दुर्भाग्य भएको केसीको भनाई छ । अन्य गाउँ पालिकामा आएको बजेट मध्य आधा पनि लमहीले पाउन सकेको छैन । साबिक सतबरिया गाबिसमा खानेपानीको योजना माग गरेको तर बजेट बिनियोजन नभएको भन्दै बिकासका लागि पहल गरिदिन आग्रह गरेका छन । नगरपालिकाका केहि वडाका बस्तीहरु स्वच्छ पिउने पानीको पहुच बाट अझै टाढा रहेका छन् । स्थानियहरु अझै पनि खोला,नदि कुवा र इनारको पानी पिउन बाध्य भएको भन्दै खानेपानीको पहल गरिदिनका लागि सभासदहरुलाई नगर प्रमुख केसीले ध्यानाकर्षण गराएका छन् ।

नगर प्रमुख कुल बहादुर केसीको अध्यक्षता एबम संघिय सरकारका सभामुख कृष्ण बहादुर महराको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा लमही नगर पालिकाका उपप्रमुख देवका बेलबासे,नेकपा दाङ्गका अध्यक्ष टिकाराम खड्का, नेपाली कांग्रेस क्षेत्र नम्बर एकका सभापती भेषराज पाण्डे, लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले गरेका थिए ।


क्याटेगोरी : प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस