गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ सोनापुर सिमेन्टले २ करोड कित्ता साधारण शेयर बिक्री गर्ने सोनापुर सिमेन्टले २ करोड कित्ता साधारण शेयर बिक्री गर्ने दीप संञ्चार माघ ९, २०७७ गते २३:०७ मा प्रकाशित दाङ तुलसीपुरको सोनापुर मिनरल्स एण्ड आयलले दूई करोड कित्ता शेयर सर्वसाधारणको लागि बिक्रि गर्ने भएको छ। स्थानीय, कर्मचारी तथा सर्वसाधारणका लागि दुई करोड कित्ता शेयर निश्कासन गर्नेबारे सम्झौंता भइसकेको मिनरल्स प्रा.लि.का माहाप्रबन्धक हरि पाठकले जानकारी दिए।सोनापुर मिनरल्स एण्ड आयलले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई सार्वजनिक शेयर निष्काशनका लागि बिक्री प्रबन्धक नियुक्त गरिसकेको महाप्रवन्धक पाठकले जानकारी दिए। दूई दिन अगाडि भएको सम्झौता अनुसार सोनापुर मिनरल्सका प्रबन्धक सञ्चालक निपेश तायल र एनआईबिएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्।कम्पनीले २ करोड कित्ता शेयर स्थानीयबासी र सर्वसाधारणलाई वितरण गर्ने निर्णय गरेसँगै सर्वसाधारण पनि खुसी भएका छन्। यो सँगै नेपालमा सोनापुर सोना प्रा.लि. हेटौंडाको शिभम् सिमेन्ट पछि सर्वसाधारणको लागि शेयर बिक्रि गर्ने दोस्रो सिमेन्ट उद्योग बन्ने भएको छ ।‘अब हामी पनि सार्वजनिक सम्पत्ति जस्तै भएका छौं,’ महाप्रवन्धक पाठकले सेतोपाटीसँग भने, ‘यसबाट स्थानीय र सर्वसाधारणको पनि हामीमाथि स्वामित्व रहनेछ।’ तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ दूधरासमा सोनापुर सिमेन्ट प्रा.लि. स्थापना गरिएको छ।माहाप्रवन्धक पाठकका अनुसार यो कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो। उनले सोनापुर मिनरल्स एण्ड आयल उच्चस्तरीय र गुणस्तरीय चुनढुङ्गा रहेको कम्पनी भएको दावी गरे। ‘हाम्रो लो एमजीओ (म्याग्नेजिएम अक्साईड) भएको कम्पनी मात्रै हैन, उच्च गणस्तरिय चुनढुङ्गा भएको कम्पनी हो,’ मिनरल्सका प्रबन्धक सञ्चालक तायलले भने ‘ जसले गर्दा सोना सिमेन्ट नेपालकै एक उत्कृष्ट सिमेन्ट उत्पादन गर्ने कम्पनी हो।’क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्युव्यावसायिक बाख्रापालक महासंघ दाङले मनायो प्रथम बाख्रा दिवस ( यस्तो…एनएलजी ईन्स्योरेन्सको आयोजनामा ३ दिने कृषि तथा पशु बिमा तालिम…तुल्सीपुरको लक्ष्मीवास सहकारी संस्था र USAID को साझेदारीमा वित्तीय साक्षरता… धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७माघ ६ मा वैरो संघको चुनावी भिडन्त स् भण्डारी, खनाल, जिसी र गुरुङ प्यानलसहित भिड्दै ८नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन ताजा अपडेट प्रचण्ड, देउवा र ओलीबीच भेटवार्तामा के कुराकानी भयो ? शहीदनगरका पूर्वमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर टर्की र सिरियाको भुकम्पवाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय नाघ्यो बढ्यो पेट्रोलियम पदार्थको मूल्य सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने प्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारी