गृहपृष्ठ ∕ आर्थिक ∕ सहकारीमा आर्थिक पारदर्शीता र सुशासन हुन जरुरी छ — अध्यक्ष यादव सहकारीमा आर्थिक पारदर्शीता र सुशासन हुन जरुरी छ — अध्यक्ष यादव प्रिया स्मृती गजमेर पुस २५, २०७७ गते २०:२१ मा प्रकाशित दाङ्ग—गढवा बचत तथा ऋण सहकारी संस्था गढवा को १३ औं साधरण सभा शनिवार गढवामा सम्पन्न भएको छ ।गढवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष युवराज पोख्रेलको अध्यक्षता तथा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम अहिरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले गढवा सहकारीको आधारभुत सिद्धान्तको पालना गर्दै सेवा ग्राहिहरुको मागलाई मध्यनजर गर्दै सर्व सुलभ सेवा प्रवाह गर्दै जाने शुभकामना व्यक्त गरेका थिए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी सहजराम अहिरले युवाहरुको समुहले नेतृत्व गर्दै सेवा प्रवाह गरिरहेको यस गढवा सहकारीले आउने दिनमा योजनाबद्द तरिकाले अगाडि बढ्ने कुरामा आफू विश्वस्त रहेको बताए । साथै उनले सहकारीहरुमा आर्थिक पारदर्शीता र सुशासन कायम रहे जन विश्वास सजिलै जित्न सकिने बताए ।सहकारी को आर्थिक वर्ष २०७६÷०७८ मा २ करोड २३ लाख १ हजार ५९५ रुपैया ४८ पैसा आय ब्याय भएको आर्थिक प्रतिबेदन कोषाध्यक्ष शरण कौशलले प्रस्तुत गरेका थिए । २०६४ साल जेठ ८ गते स्थापना भएको गढवा बचत तथा ऋण सहकारी संस्थाको हाल १ हजार ९ जना शेयर सदस्य र ३० लाख २५ हजार शेयर पुजि रहेको सहकारी प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचीव फणाधर रिजालले बताए ।कार्यक्रममा पुर्व अध्यक्ष अशोक केसी, लिला सिंह ठकुरी, रोशन धिताल ,भरतराज पाण्डे लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाकी उपाध्यक्ष नेत्रा खनालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमम को संचालन सहकारी संस्थाकी व्यवस्थापक सुलोचना चौधरीले गरेकी थिइन ।क्याटेगोरी : आर्थिक, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारहेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दरयस्तो छ आजको विदेशी मुद्राको विनिमयदरयस्तो छ आजको विदेशी मुद्राको विनिमयदरयस्तो छ आजको विदेशी मुद्राको विनिमयदर धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट युद्ध अन्त्य गर्न पुटिनसँग भेट गर्न चाहन्छु : जेलेन्स्की काठमाडौंमा बालेनको फराकिलो अग्रता, सिंह र स्थापितको कति ? यूएई : रेस्टुरेन्टमा ग्याँस सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्यु पेरिसस्थित कतार दूतावासमा एक व्यक्तिको विभत्स हत्या साउदीका नागरिकलाई १६ देशको यात्रामा प्रतिबन्ध नेपाली अण्डर–१९ राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानमा कृतिका नियुक्त गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न एनआरएनएको माग, आ-आफ्नो तर्फबाट जन्मभुमिका लागी सक्दो सहयोग गर्न अध्यक्ष आचार्यको आग्रह भरतपुर महानगरको मेयरमा रेणु दाहाल, उपमेयरमा चित्रसेन अधिकारी विजयी