Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५रुकुम घटना : १८ आरोपित पक्राउ, २ फरार, पीडित भनिएका शाही र बिक अझै नदिमै बेपत्ता

रुकुम घटना : १८ आरोपित पक्राउ, २ फरार, पीडित भनिएका शाही र बिक अझै नदिमै बेपत्ता


रुकुम – रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ सोतीमा भएको घटनामा संलग्न रहेको आशंकामा १८ जना पक्राउ परेका छन्।

त्यहाँका वडाध्यक्षसहित २० जना विरुद्ध किटानी जाहेरी परेको छ । वडाध्यक्षसहित १२ जना सोमबार पक्राउ परेका थिए भने थप ६ जनालाई बुधबार पक्राउ गरिएको हो।

फरार दुई जनाको खोजी जारी रहेको जिल्ला प्रहरी प्रमुख ठगबहादुर केसीले बताए।

जाजरकोट जिल्लाको भेरी नगरपालिकाका वडा नं.  २१ बर्षीय मृतक नवराज विक रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी एक १७ बर्षीय युवतीलाई भगाएर ल्याउन भनी त्यहाँ गएको समयमा शनिबार बेलुका सोतीका स्थानीयले लखेट्दै कुटपिट गरेर हत्या गरेको अभियोग लागेको छ।

शनिबार सोती पुगेका युवकहरूलाई गाउँलेले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका मध्ये ४ जनाको शव फेला परिसकेको छ। भने अझैं दुई जना वेपत्ता छन्। जाजरकोटको भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनारको शव बुधबार फेला परेको थियो।

शनिबार राति  भेरी नगरपालिका–४ का नवराज विक, रुकुम पश्चिमका चौरजहारी नगरपालिका–१ टीकाराम नेपालीको आइतवार विहान र भेरी ४ का गणेश बुढामगरको सोमवार शव फेला परेको थियो।

यस घटनामा पीडित देखिएका मध्य नदिमै बगेर वेपत्ता भएका भेरी नगरपालिकाका वडा नं. ४ का १७ बर्षीय गोविन्द शाही र ४ नम्वर वडाकै १८ वर्षीय सञ्जु विकको खोजी भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय जाजकरकोटका प्रमुख किशोरकुमार श्रेष्ठले मृतकमध्ये दुईजनाको शव पोष्टमार्टम पछि बिहीबार विहान आफन्तले बुझेको जानकारी दिए।

बुधबार शव फेला परेका युवाको भने  पोष्टमार्टम हुन बाँकी रहेको उनले बताए।

त्यस्तै रुकुम पश्चिमको चौरजहारी १ का टिकाराम सुनारको शव भने आफन्तले यसअघि नै बुझेर अन्त्यष्टि गरिसकेका छन्।


क्याटेगोरी : प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस