Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५लमहीमा लकडाउन अवज्ञा गर्ने सत्र जना पक्राउ

लमहीमा लकडाउन अवज्ञा गर्ने सत्र जना पक्राउ


दाङ – वडा प्रहरी कार्यालय लमहीले लकडाउन अवज्ञा गरेको भन्दै लमही आसपासका क्षेत्र बाट सत्र जनालाई नियन्त्रणमा लिएको छ ।

आज बुधवार बेलुका अनावश्यक हिडडुल गरेको भन्दै उनिहरुलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले बताए । अनावश्यक मोटरसाइकल लिएर बजारमा कुद्ने, ग्रुपिङमा बसेर क्यारम खेल्ने, बाटोको छेउमा बस्ने जो कहिलाई भेट्यौ भने सिधै लगेर थुन्छौ प्रहरी निरीक्षक थपलियाले भने ।

हामीले पक्रेका केहि मोटरसाइकललाई उनिहरुको समस्याको भेरिफाई गरेर छोड्छौ नत्र भने लकडाउन नसकिदा सम्म छोड्ने कुरै हुदैन उनले भने । लकडाउनको आज तेईस औ दिन सम्म आइपुग्दा पनि मानिसमा चेतना आउन सकेको छैन, अब लकडाउनको समयमा जो बाहिर हिडेको देख्छौ नियन्त्रणमा लिएर कडा कारबाही गर्छौ प्रहरी निरीक्षक थपलियाले भने । नियन्त्रणमा लिएकालाई कसैको दवाब,सिफारिसमा छोड्ने कुरै हुँदैन ।

सरकारको आदेशलाई पालना नगर्नेलाई कारबाही गरेरै छोडिन्छ वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक थपलियाको भनाई छ । कोरोना भाइरस नेपालको पुर्ब देखि पश्चिम् सम्म फैलिसकेकोले यो बेला घर भित्र रहन नेपाल सरकारले सबैमा आग्रह गरेको छ तर धेरै जसो ठाउँमा सरकारको आग्रहलाई अस्विकार गर्दै मानिसहरु निर्वाध हिडडुल गरिरहेका छन । हरेक दिन बिहान सरसामान किन्ने बहानामा लमही बजारमा निस्किनेलाई अब वडा प्रहरी कार्यालयले निगरानी गर्ने बताएको छ ।

साथै टाढा बाट पैदल गन्तव्य तर्फ जानलाई हिडेकाहरुको लागि सफा पिउने पानीको व्यवथा गरेको छ । कोरोना भाइरसलाई नियन्त्रण गर्न आम सर्बसाधारणलाई लकडाउनको पालना गरेर घरमै बस्न लमही नगरपालिका, देउखुरी उधोग बाणिज्य संघ, चेम्बर अफ कमर्स, वडा वडा प्रहरी कार्यालय लमही, राजनीतिक दलले आग्रह गरेका छन ।


क्याटेगोरी : प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस