गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ तुलसीपुर महोत्सव २०७६ शुरु, विद्यार्थीहरुले गरे नाराबाजि तुलसीपुर महोत्सव २०७६ शुरु, विद्यार्थीहरुले गरे नाराबाजि दीप संञ्चार माघ ११, २०७६ गते १५:१६ मा प्रकाशित दाङ – संस्कृति पर्यटन तथा नागरिक उड्य मन्त्री योगेश भट्टराईले दाङको एयरपोर्ट विस्तार हुने बताएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघले शुक्रवादेखि आयोजना गरेको व्यापारी महोत्सवलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टमा इन्धन डिपो स्थापनाको प्रक्रिया समेत अगाडि बढी सकेको जानकारी दिए ।एयरपोर्टको धावन मार्ग विस्तार वारे मन्त्री भट्टराईको ध्यानाकर्षण गराउन महोत्सव स्थलमै साढे १२ मिटर लामो कपडामा संकलित हस्ताक्षर र यसअघि विभिन्न चरणमा विभिन्न दलका नेता तथा मन्त्रीहरुलाई बुझाइएका ज्ञापन पत्रहरुपनि बुझाइएको थियो । साथमा हालसम्म एयरपोर्टको विस्तार र इन्धनडिपो स्थापनाको लागि उद्योग वाणिज्य संघले बर्षौंदेखि सरकार प्रमुख र उच्च नेतृत्वालई गर्दैै आएका भेटघाट तथा प्रयासहरुको बारेमा तस्विरसहतिको १०० फिट लामो व्यानर समेत मन्त्रीलाई महोत्वसमा प्रर्दशन गरिएको थियो ।टरिगाउँ एयरपोर्टको निरक्षणमा पुगेका पर्यटन मन्त्री भट्टराईलाई तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उक्त यरपोर्ट भौगौलिक र वातावरणिय हिसावले नेपालकै उत्कृष्ट एयरपोर्ट भएपनि राज्यले ठग्दै आएको हुँदा तत्काल विस्तार गर्न आवश्यक रहेको बताएका थिए । उनले टरिगाउँ एयरपोर्टलाई पाईलट प्रशिक्षण गर्ने एयरपोर्टको रुपमा विकाश गर्न सकिने बताए ।२०११ सालमा स्थापना भएको दाङको एक मात्रै टरिगाउँ एयरपोर्टको धावन मार्ग जम्मा ७ सय ५० मिटरमा मात्रै कालोपत्रे छ । हाल दैनिक दुई वटा उडान हुँदै आएको टरिगाउँ एयरपोर्टमा १८ सिटे साना टुईन अटर विमान मात्रै चल्दै आएका छन् । त्यो भन्दा ठूला विमान आउन सक्दैनन् ।इन्धन डिपो समेत नभएको हुँदा इन्धनपनि बोकेर ल्याउनु पर्ने बाध्यताले जम्मा १४-१५ वटा यात्रु मात्रै एक पटकमा यात्रा गर्न पाउँछन् । इन्धन राखेको सिटको पैंशापनि यात्रुवाटै असुल्दै आइएको छ । त्यसले गर्दा दाङ काठमान्डौंको भाडा झन्डै ७ हजार रुपैंया पर्ने गरेको छ । जो नेपालगञ्ज भन्दा निकै महंगो हो ।महोत्सव सुरु हुनुभन्दा पहिला निकालिएको शोभा यात्रामा सहभागि विद्यार्थीहरुले पनि टरिगाउँ एयरपोर्टको विस्तार र इन्धन डिपोको स्थापनाको माग गर्दै नारावाजी गरेका थिए । उनीहरुले हामी कहिले ठूला विमानमा चढ्न पाउँछौं, एयरपोर्टको धावन मार्ग विस्तार गर्नु पर्छ भन्ने खालका नारा लेखेका प्लेकार्ड बोकेको थिए । सार्वजनिक रुपमा यसरी एरपोर्ट विस्तारको माग गर्दै सडकमा नारावाजी र प्लेकार्ड प्रर्दशन भएको दाङमा यो नै पहिलो पटक हो ।तुलसीपुर उद्योग वाणिज्य संघले दोघरेमा निर्माण गरेको बहुउदेश्य सभाहलको भुक्तानी हुन बाँकी रकमको जोहो गर्न महोत्सव लगाइएको हो । तर संघका पूर्व अध्यक्ष विमल रिजालले आवश्यक परे महोत्सव वाट संकलिन सम्पूर्ण रकम विमानको धावन मार्ग विस्तारमा लागाउन सकिने बताएका छन् ।तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमलाई तुलसीपुरका मेयर घनश्याम पाण्डे लगाएले सम्वोधन गरेका थिए । महोत्सव २० गते सम्म चल्ने छ ।साभार: फरककोणबीटक्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्युव्यावसायिक बाख्रापालक महासंघ दाङले मनायो प्रथम बाख्रा दिवस ( यस्तो…एनएलजी ईन्स्योरेन्सको आयोजनामा ३ दिने कृषि तथा पशु बिमा तालिम…तुल्सीपुरको लक्ष्मीवास सहकारी संस्था र USAID को साझेदारीमा वित्तीय साक्षरता… धेरै पढिएका १ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने २कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) ३सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ४सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७मगर समुदायको राष्ट्रिय पर्व “माघ्या सकराटी” युएईमा मनाउदै ८प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा ताजा अपडेट दशौँ कतार अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको ३५ हजार भन्दा बढीले अवलोकन संघ र महासंघवीच सम्झौता, कतार र नेपाल वीच व्यवसाय प्रवर्द्धनमा तीव्रता दिने प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा विदेशमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा योजना शुभारम्भ हुने एनआरएनए ओमानमा बिकल झाको नेतृत्वमा नयाँ कार्यसमिति , मध्यपुर्वका नेताहरुको ओमानमा जमघट,मध्यपुर्ववाट आरके शर्माको आईसिसि अध्यक्षमा दावी कतारमा गयिका रचनाको भब्य सास्कृतिक कार्यक्रम सम्पन्न देशैभरका सांसदलाई शितल निवासमा आज राष्ट्रपतिको चियापान चैत १० गते सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री हेर्नुहोस तपाईको आजको राशिफल