गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ थारु परिकारको पर्वद्धन गर्न फुड फेस्टिबल थारु परिकारको पर्वद्धन गर्न फुड फेस्टिबल प्रिया स्मृती गजमेर माघ ३, २०७६ गते १५:४९ मा प्रकाशित दाङ्ग, गोरखा मोडेल सेकेन्डरी स्कुल लमही दाङले बिधालय परिसरमा आईएस्सी अवार्ड अन्र्तगत एक दिने ‘ फुड फेस्टिबल तथा सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।स्थानीय थारु समुदायको परिकारलाई पर्वद्धन गर्ने, कक्षा ४ र ५ का विद्यार्थीले बीस प्रतिसत लोकल थारु समुदायको परिकारलाई पर्वद्धन गर्ने त्यस्तै कक्षा ७ र ८ का विद्यार्थीले पेशा ब्यबसायको प्रयोगात्मक कार्य अन्तर्गत सिकेको सीप र ज्ञानलाई ब्यबहारमा लागू गर्नका लागि प्रेरित गर्ने मुख्य उद्देश्य रहेको छ ।अन्तराष्ट्रिय स्कुल कार्यक्रम अन्र्तगत बिधालयले आज बिधालय परिसरमा बिधार्थीहरुलाई प्रयोगात्मक रुपमा विद्यार्थीले आफै बनाएका थारु परिकार ढिक्री , खरियाका साथै आलु परौठा, पकौडी लगाएतका खाद्द्य परिकार प्रर्दशनीमा राखिएको थियो । त्यसैगरि बिधार्थीहरुद्धारा निर्मित चित्रकला राख्नुका साथै थारु समुदायको मौलिक नाच र अन्य नाचहरु पनि एक दिने फेस्टिबलमा प्रर्दशन गरिएको थियो ।कार्यत्रक्रममा लमही नगरपालिकाका शिक्षा शाखाका प्रमुख रबिन्द्र क्षेत्रीले प्रयोगात्मक शिक्षाले बिधार्थीहरुमा ज्ञान सगै सिपको बिकाश हुने बताए । कार्यक्रममा नेपाल पत्रकार महासँघ दाङका उपाध्यक्ष लिला शाहले सैद्धान्तिक ज्ञान सँगै प्रयोगात्मक शिक्षाले बिधार्थीहरु ज्ञान, सिप र क्षमताको थप बिकाश हुने बताईन ।बिधालयको स्थानिय पाठ्यक्रम अनुसार २० प्रतिशतको पाठ्यक्रम अन्र्तगत बिधालयले सो कार्यक्रमको आयोजना गरेको हो । खिम बहादुर शाह माध्यमिक बिद्यालय कोलही र गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीको संयुक्त आयोजनामा गरिएर्को वेस्ट क्यान बि द बेस्ट” भन्ने शिर्षकको परियोजना अन्तर्गत विद्यार्थीले बनाएका खेर गएका प्लास्टिक र कागज बाट बनाईएका विभिन्न सामाग्री प्रदर्सनी गरिएको थियो ।बिद्यालयका प्रिन्सिपल लोकमान रिजालको अध्यक्षता एअबम लमही नगरपालिकाका शिक्षा प्रमुख रबिन्द्र क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सचालन आईएस्सी कार्डिनेटर द्रोण पोख्रेलले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्युव्यावसायिक बाख्रापालक महासंघ दाङले मनायो प्रथम बाख्रा दिवस ( यस्तो… धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २डीआईजी अशोक सिंहले दिए राजीनामा ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ८सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ताजा अपडेट चितवन युवा समूह कतारको १७ औ अधिवेशन सम्पन्न प्रवासमा कार्यरत नेपाली श्रमिकहरुले चाहे यहि कालमै देश परिवर्तन हुने:लिङ्देन अभिनेता अनमोल केसी पक्राउ सरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता एमाले बागमती अधिवेशन : नेतृत्व चुन्न मतदान सुरु ल्हासाबाट छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन प्रतितोला ८०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?