Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५बन संरक्षण मेरो पहिलो प्राथमिकता – डिभिजन बन प्रमुख बिडारी

बन संरक्षण मेरो पहिलो प्राथमिकता – डिभिजन बन प्रमुख बिडारी


दाङ्ग – डिभिजन बन कार्यालय देउखुरीका प्रमुख प्रबिन बिडारीले बन क्षेत्रको संरक्षण संबर्द्दनसंगै आम बन उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर काम गर्नु आफ्नो पहिलो कर्तब्य भएको बताए ।

डिभजन बन कार्यालय देउखुरीको प्रमुखको रुपमा केहि दिन अघि दाङ्गको लमही आएका बिडारीले पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताए । उनले बन क्षेत्रको बिकाशको लागी पत्रकारहरुसंग समन्वय , र सहकार्य गरेर अघि बढ्ने बताए ।

सरकारले अघि सारेको समृद्धिको लागि बन भन्ने नारालाई सार्थक पार्नका लागि बनमा हुने बेतिथी रोक्न आफुले कुनै कसर बाकी नराख्ने प्रमुख बिडारीले बताए । सरकारले अघि सारेको बैज्ञानिक बन ब्यबस्थापनको कार्यलाई निरन्तरता दिन र बनको दिगोबिकाशका लागी आम उपभोक्ताहरुलाइृ सचेतिकरण गर्न बन कार्यालयले नितिगत रुपमा योजनाबद्ध तरिकाले काम गर्ने कार्ययोजना आफुहरुसंग भएको जानकारी दिए ।

सो अबसरमा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाह, सामुदायिक रेडियो प्रसारक संघ प्रदेश नम्बर ५ का अध्यक्ष केपि घिमिरे, प्रदेश टुडे दैनिकका प्रिया स्मृती गजमेर, नयां युगबोध दैनिकका राधेश्याम गुप्ता गोरखापत्रका दिवाकर पोख्रेल लमही नगरपालिका प्रेस संयोजक शिबु खनाल लगाएतले आ–आफ्नो सुझाब तथा जिज्ञासा राखेका थिए ।


क्याटेगोरी : प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस