गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ जेष्ठ नागरिकले पाए फाइबरको सिरक जेष्ठ नागरिकले पाए फाइबरको सिरक प्रिया स्मृती गजमेर पुस १५, २०७६ गते १९:०३ मा प्रकाशित दाङ, लमही नगरपालिका वडा न ९ स्यालेका मान बहादुर कुमाल अहिले ९३ बर्षका भए । वडा कार्यालयले जेष्ठ नागरिकलाई फाइबर सिरक दिने खबर सुनेर कुमाल खुसिले गदगद भएका छन ।उनी जस्तै थुप्रै जेष्ठ नागरिक न्यानो सिरक पाएपछी निकै खुशी भएका छन । लमही नगरपालिका वडा न ९ ले वडाक जेष्ठ नागरिकहरुलाई फाइबर सिरक बितरण गरेको छ । वडाले आफुहरुको समस्यालाई बुझेर सिरक प्रदान गरेको भन्दै खुशी भएका छन ।लक्षित बर्ग अन्तर्गत दुई लाख बजेटबाट वडाका ९२ जना जेष्ठ नागरिकलाई बितरण गरेको हो । जिबनको अन्तिम घडिमा रहेका जेष्ठ आमबुवाका लागि यस प्रकारको कार्यले सम्मान हुने र जाडोमा पनि उनिहरुलाई न्यानो हुने भएकोले सिरक बाडिएको वडाध्यक्ष भेष बहादुर केसीले बताए ।कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख देबका बेल्बासेले राज्यले जेष्ठ नागरिकको हैसियतमा राखेर उच्च सम्मन गरिने बताईन । कार्यक्रममा प्राथमिक बिद्यालय भ्युसनपुरका प्रधानाध्यापक ओम प्रकाश बस्नेत,वडा सदस्य खीम बहादुर योगी लगायतले बोलेका थिए ।वडाले ६० बर्ष देखि माथिका दलित समुदायका जेष्ठ नागरिक,अन्य समुदायका ७० बर्ष देखि माथी र ७० बर्ष देखि माथिका एकल महिलालाई फाइबर सिरक प्रदान गरिएको हो । वडा सचिव बिन्तीराम चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन प्रिया स्मृती गजमेरले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्युव्यावसायिक बाख्रापालक महासंघ दाङले मनायो प्रथम बाख्रा दिवस ( यस्तो…एनएलजी ईन्स्योरेन्सको आयोजनामा ३ दिने कृषि तथा पशु बिमा तालिम…तुल्सीपुरको लक्ष्मीवास सहकारी संस्था र USAID को साझेदारीमा वित्तीय साक्षरता… धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ६सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ७नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन ८माघ ६ मा वैरो संघको चुनावी भिडन्त स् भण्डारी, खनाल, जिसी र गुरुङ प्यानलसहित भिड्दै ताजा अपडेट कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने विदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममा नङले बताउछ स्वास्थ्य स्थिती, कस्तो छ तपाईको नङ ? महाभारत युद्धमा मारिएका थिए हजारौं व्यक्ति, तर किन भेटिएन कसैको शव ? फेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? यस्तो छ आजको विदेशीमुद्राको विनिमयदर ‘एमालेसँग दुरी बढाउने संकेत देखाउदै माओवादी’ नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश