गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ जेष्ठ नागरिकले पाए फाइबरको सिरक जेष्ठ नागरिकले पाए फाइबरको सिरक प्रिया स्मृती गजमेर पुस १५, २०७६ गते १९:०३ मा प्रकाशित दाङ, लमही नगरपालिका वडा न ९ स्यालेका मान बहादुर कुमाल अहिले ९३ बर्षका भए । वडा कार्यालयले जेष्ठ नागरिकलाई फाइबर सिरक दिने खबर सुनेर कुमाल खुसिले गदगद भएका छन ।उनी जस्तै थुप्रै जेष्ठ नागरिक न्यानो सिरक पाएपछी निकै खुशी भएका छन । लमही नगरपालिका वडा न ९ ले वडाक जेष्ठ नागरिकहरुलाई फाइबर सिरक बितरण गरेको छ । वडाले आफुहरुको समस्यालाई बुझेर सिरक प्रदान गरेको भन्दै खुशी भएका छन ।लक्षित बर्ग अन्तर्गत दुई लाख बजेटबाट वडाका ९२ जना जेष्ठ नागरिकलाई बितरण गरेको हो । जिबनको अन्तिम घडिमा रहेका जेष्ठ आमबुवाका लागि यस प्रकारको कार्यले सम्मान हुने र जाडोमा पनि उनिहरुलाई न्यानो हुने भएकोले सिरक बाडिएको वडाध्यक्ष भेष बहादुर केसीले बताए ।कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख देबका बेल्बासेले राज्यले जेष्ठ नागरिकको हैसियतमा राखेर उच्च सम्मन गरिने बताईन । कार्यक्रममा प्राथमिक बिद्यालय भ्युसनपुरका प्रधानाध्यापक ओम प्रकाश बस्नेत,वडा सदस्य खीम बहादुर योगी लगायतले बोलेका थिए ।वडाले ६० बर्ष देखि माथिका दलित समुदायका जेष्ठ नागरिक,अन्य समुदायका ७० बर्ष देखि माथी र ७० बर्ष देखि माथिका एकल महिलालाई फाइबर सिरक प्रदान गरिएको हो । वडा सचिव बिन्तीराम चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन प्रिया स्मृती गजमेरले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप