Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५अनेरास्ववियू ‘छैठौं’को जिल्ला समिती भेला सम्पन्न

अनेरास्ववियू ‘छैठौं’को जिल्ला समिती भेला सम्पन्न


दाङ – राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन छैठौं जिल्ला समिती दाङ देउखुरीको भेला घोराहीमा सम्पन्न भएको छ ।

यूनियनका केन्द्रिय अध्यक्ष बिमल पोख्रेलले उदघाटन गरेको भेलाले धुर्ब बेल्बासेको अध्यक्षतामा १३ पुर्ण र ४ बैकल्पिक गरि १७ जनाको जिल्ला समिती निर्बाचित गरेको छ । जसको उपाध्यक्ष सरिता पुन, सचिब लक्ष्मण बि क, सह सचिब राजकुमारी चौधरी र कोषाध्यक्ष मधुकर पुन रहेका छन् ।

त्यस्तै सदस्यहरुमा गौतम चौधरी, तृसन के सि, हरि पौडेल, सुस्मा चौधरी, हरि शर्मा, बालाराम न्यौपाने, युजना आचार्य, सुनिता पान्डे, बिक्रम घर्ती, टिकाराम के सि, सुसिला पुन र पारस बि सि रहेकाछन् । साथै सल्लाहकारहरुमा दिनेश रैदास र पुरुस्वत्तम शर्मा रहेकाे राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले बताएका छन् ।

भेलामा अखिल नेपाल युवक संघका पूर्व केन्द्रिय अध्यक्ष कासिनाथ पोख्रेल, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य, यूनियन का महासचिव महेश जोसि, केन्द्रिय सद्स्य खगेन्द्र बिष्ट र वसन्त आचार्यले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै शुभकामना मन्तव्य राख्नेहरुमा जातीय समता समाजका केन्द्रिय उपाध्यक्ष टीका बि.क, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय सद्स्य राम बहादुर घर्ती, अखिल नेपाल किसान संघ का जिल्ला उपाध्यक्ष मिनु सुवेदी,  अखिल नेपाल युबक संघका जिल्ला सद्स्य डोर बहादुर के सि, अखिल नेपाल महिला संघ जिल्ला सचिब सारदा थापा, उधोग व्यापार संघ का जिल्ला कोषाध्यक्ष हरि खरेल लगायतले रहेका छन् ।

जिल्ला अध्यक्ष धुर्ब बेल्बासेको अध्यक्षतामा भएको कार्यक्रमको शुरुवात उपाध्यक्ष सरिता पुनको स्वागत मन्तब्यबाट भएको  थियो भने कार्यक्रमको सहजिकरण लक्ष्ममण बि.कले गरेका थिए ।


क्याटेगोरी : प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस