गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गको कोइलाबास नाकाबाट गोरु तस्कर गर्दै भारतीय नागरिक दाङ्गको कोइलाबास नाकाबाट गोरु तस्कर गर्दै भारतीय नागरिक प्रिया स्मृती गजमेर पुस ७, २०७६ गते ५:५७ मा प्रकाशित दाङ्ग, आईतवार बिहान करिब १ बजेको समयमा ईलाका प्रहरी कार्यालय गढ़वाका इन्सपेक्टर भरतसिंह राठौरको नेतृत्वमा गएको प्रहरी टोलीले दाङ्गको गढवा गाउँपालिका वडा नम्बर ५ मुसिधार गाउँबाट ५४ वटा गोरु सहित दुई जना भारतीय गोरु तस्करलाई नियन्त्रणमा लिएको हो ।कुन उद्देश्यले ति गोरु नेपाल ल्याएका हुन् केहि खुल्न नसकेको इन्सपेक्टर राठौरले बताए । प्रहरीले नियन्त्रणमा ल्याएका गोरु तस्कर र गोरुलाई नेपालगंज भन्सार कार्यालयमा आईतवारै बुझाईसकेको छ । पक्राउ पर्नेमा भारतको बलरामपुर जिल्ला थाना जरूवा मकवानपुर पंचायत घर भएका वर्ष २७ का मोहम्मद अनिस सिद्दिकि र सोहि ठाउँ निवासी ५६ बर्षका जोगि मुसलमान रहेका छन ।पछिल्लो समय दाङ्गको कोइलाबास नाकालाई गोरु तस्करहरुले जक्सनका रुपमा प्रयोग गर्दै आईरहेका छन् । दैनिक जसो भारतका बिभिन्न ठाउँबाट गोरुहरु संकलन गरेर नेपाल भित्र्याइने गरेको पाईएको हो । कोइलाबासका स्थानीयका अनुशार भारतीय तस्करहरुले भारतीय प्रहरी र नेपालका गोरु तस्करसंग मिलेर नेपाली भुमि प्रयोग गर्दै पुर्बी नेपाल लगेर फेरी अर्को मुलुकमा लग्ने गरेका छन् ।तस्करहरुले आफुहरुको काम कसैले थाह नपाओस भनेर फरक फरक शैलीमा देउखुरीका धेरै जसो ठाउँबाट गोरुहरु संकलन गरिरहेका हुन्छन । भारतीय गोरु तस्करहरुले नेपाली भुमि प्रयोग गर्दा पनि नेपाल सरकार मुकदर्शक बनेर बसेको स्थानीयको आरोप छ । केहि समय अघि सम्म उनीहरुले ट्रकमा लोड गरेर दिउसै लैजादै गर्दा स्थानीयको अबरोध भएपछी रुट बदलेको जानकारहरु बताउछन ।यता प्रहरी प्रशासन कानुनमा स्पष्ट नीति नहुँदा रोक्न नसकिएको बताउदै आएका छन् । एक जिल्लाबाट अर्को जिल्लामा लैजान सक्ने कानुनमा उल्लेख छ त्यसैले पनि रोक्न नसकिएको दाङ्गका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बताए ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल