गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ्गको कोइलाबास नाकाबाट गोरु तस्कर गर्दै भारतीय नागरिक दाङ्गको कोइलाबास नाकाबाट गोरु तस्कर गर्दै भारतीय नागरिक प्रिया स्मृती गजमेर पुस ७, २०७६ गते ५:५७ मा प्रकाशित दाङ्ग, आईतवार बिहान करिब १ बजेको समयमा ईलाका प्रहरी कार्यालय गढ़वाका इन्सपेक्टर भरतसिंह राठौरको नेतृत्वमा गएको प्रहरी टोलीले दाङ्गको गढवा गाउँपालिका वडा नम्बर ५ मुसिधार गाउँबाट ५४ वटा गोरु सहित दुई जना भारतीय गोरु तस्करलाई नियन्त्रणमा लिएको हो ।कुन उद्देश्यले ति गोरु नेपाल ल्याएका हुन् केहि खुल्न नसकेको इन्सपेक्टर राठौरले बताए । प्रहरीले नियन्त्रणमा ल्याएका गोरु तस्कर र गोरुलाई नेपालगंज भन्सार कार्यालयमा आईतवारै बुझाईसकेको छ । पक्राउ पर्नेमा भारतको बलरामपुर जिल्ला थाना जरूवा मकवानपुर पंचायत घर भएका वर्ष २७ का मोहम्मद अनिस सिद्दिकि र सोहि ठाउँ निवासी ५६ बर्षका जोगि मुसलमान रहेका छन ।पछिल्लो समय दाङ्गको कोइलाबास नाकालाई गोरु तस्करहरुले जक्सनका रुपमा प्रयोग गर्दै आईरहेका छन् । दैनिक जसो भारतका बिभिन्न ठाउँबाट गोरुहरु संकलन गरेर नेपाल भित्र्याइने गरेको पाईएको हो । कोइलाबासका स्थानीयका अनुशार भारतीय तस्करहरुले भारतीय प्रहरी र नेपालका गोरु तस्करसंग मिलेर नेपाली भुमि प्रयोग गर्दै पुर्बी नेपाल लगेर फेरी अर्को मुलुकमा लग्ने गरेका छन् ।तस्करहरुले आफुहरुको काम कसैले थाह नपाओस भनेर फरक फरक शैलीमा देउखुरीका धेरै जसो ठाउँबाट गोरुहरु संकलन गरिरहेका हुन्छन । भारतीय गोरु तस्करहरुले नेपाली भुमि प्रयोग गर्दा पनि नेपाल सरकार मुकदर्शक बनेर बसेको स्थानीयको आरोप छ । केहि समय अघि सम्म उनीहरुले ट्रकमा लोड गरेर दिउसै लैजादै गर्दा स्थानीयको अबरोध भएपछी रुट बदलेको जानकारहरु बताउछन ।यता प्रहरी प्रशासन कानुनमा स्पष्ट नीति नहुँदा रोक्न नसकिएको बताउदै आएका छन् । एक जिल्लाबाट अर्को जिल्लामा लैजान सक्ने कानुनमा उल्लेख छ त्यसैले पनि रोक्न नसकिएको दाङ्गका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बताए ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्युव्यावसायिक बाख्रापालक महासंघ दाङले मनायो प्रथम बाख्रा दिवस ( यस्तो…एनएलजी ईन्स्योरेन्सको आयोजनामा ३ दिने कृषि तथा पशु बिमा तालिम…तुल्सीपुरको लक्ष्मीवास सहकारी संस्था र USAID को साझेदारीमा वित्तीय साक्षरता… धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट तुलसीपुरमा गठबन्धनलाई हराउँदै एमालेले जित्यो मेयर र उपमेयर महिलालाई मारेको अभियोगमा भेडालाई तीन वर्ष जेल ! अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा १४ बालबालिका र एक शिक्षकको मृत्यु काठमाडौंमा २२ हजार मत गन्न बाँकी रहँदा कति मतान्तरले अघि छन बालेन ? युद्ध अन्त्य गर्न पुटिनसँग भेट गर्न चाहन्छु : जेलेन्स्की काठमाडौंमा बालेनको फराकिलो अग्रता, सिंह र स्थापितको कति ? यूएई : रेस्टुरेन्टमा ग्याँस सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्यु पेरिसस्थित कतार दूतावासमा एक व्यक्तिको विभत्स हत्या