Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५नयां कर नीति स्पस्ट नहुंदा ब्यबसायी समस्यामा

नयां कर नीति स्पस्ट नहुंदा ब्यबसायी समस्यामा


दाङ्ग, देउखुरी उधोग बाणिज्य संघ लमहीले कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम आज सोमवार लमहीमा सम्पन्न गरेको छ ।

संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठको अध्यक्षता तथा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङका निमित्त कार्यालय प्रमुख लक्ष्मण श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागी ब्यबसायीहरुले नया कर नीति , पर्सनल पान , मिस म्याच, आयकर , अन्त सुल्क, डंड जरिवाना , घर बहाल कर भिटीसिएस लगाएतका बिषयमा समस्या राखेका थिए ।

नयां आर्थिक कर नीतिको बारेमा कर अधिकृत भोज प्रसाद खनालले जानकारी गराएका थिए । उक्त कार्यक्रममा राप्ती उधोग बाणिज्य संघका अध्यक्ष जगत पोखरेल ,गढवा उधोग बाणिज्य संघका अध्यक्ष रबिलाल आचार्य लगायतको उपस्थिति रहेको थियो ।

देउखुरी उधोग बाणिज्य संघ लमहीले बेला बेलामा व्यवसायीको हक हितका लागी यस प्रकारका कार्यक्रम गर्दै आएको छ, जसले गर्दा उनीहरुलाई कर शिक्षाका बारेमा राम्रो ज्ञान भएको छ ।

धेरै ब्यबसायिहरु कार्यक्रममा सहभागी हुने गरेको र उनीहरुको ब्यापार ,ब्यबसायमा टेवा पुगोस भन्ने मनशायले यो कार्यक्रमको आयोजना गरेको युवा ब्यबसायी तथा देउखुरी उधोग बाणिज्य संघका महासचिव कमलजंग सिंह ठकुरीले बताए ।

देउखुरी उधोग बाणिज्य संघका उपाध्यक्ष बिनोद पाण्डेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन महासचिब कमलजंग सिह ठकुरीले गरेका थिए ।


क्याटेगोरी : प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस