Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५नेपाल चेम्बर अफ कमर्स लमहीको अध्यक्षमा पुनः न्यौपाने

नेपाल चेम्बर अफ कमर्स लमहीको अध्यक्षमा पुनः न्यौपाने


दाङ्ग, नेपाल चेम्बर अफ कमर्स लमहीको पहिलो अधिवेशन आज मंगलवार लमहीमा सम्पन्न भएको छ ।

आज सम्पन्न भएको पहिलो अधिवेशनबाट अजय न्यौपाने निर्विरोध निर्बाचित भएका छन् । जसको बरिष्ठ उपाध्यक्षमा किरण बिक्रम शाह, उपाध्यक्षमा शितल भुषाल , महासचिवमा केशव अधिकारी, कोषाध्यक्षमा शसिराम नेपाली,सचिवमा चुडामणी आचार्य,सह-कोषाध्यक्षमा प्रमोद बस्नेत,सदस्यहरुमा हरिराम चौधरी, प्रमोद गौतम, बुद्धिराम परियार,भानु पन्त, सुजन बिक्रम शाह,लगायत २१ जना निर्बाचित भएको चेम्बर अफ कमर्स लमहीका प्रेस संयोजक शिवराज खनालले बताए ।

नेपाल चेम्बर अफ कमर्स लमही यस क्षेत्रमा ब्यापार ब्यबसाय गर्दै आएका ब्यबसायीहरुको हक हित र संरक्षणका लागि स्थापना भएको नब निर्बाचित अध्यक्ष न्यौपानेले बताए ।


क्याटेगोरी : प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस