Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५उप-मेयरद्वारा नगरबासीलाई शुभकामना

उप-मेयरद्वारा नगरबासीलाई शुभकामना


दाङ्ग, लमही नगरपालिकाका उपप्रमुख देवका बेलबासेले यमपञ्चक (तिहार)ले आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउन मद्घत गर्ने विश्वास व्यक्त गरेकी छन ।

उपप्रमुख बेलबासेले शुभकामना सन्देश जारी गर्दै तिहारका अवसरमा सम्पूर्ण लमही नगरबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन ।

यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा पशुपक्षी र वनस्पतिलाई सम्मानस्वरूप प्रत्येक नेपालीको घरघरमा काग, कुकुर, गाई, गोवर्धन र लक्ष्मीको पूजा गरी साँझमा दिपावली गर्ने तथा अन्तिम दिन भाइटीका लगाउने परम्परा रहिआएको उपप्रमुख बेलबासेद्वारा जारी सन्देशमा उल्लेख छ ।


क्याटेगोरी : प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस