गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ तुलसीपुरमा थारुहरुको साझा सभाहल बन्ने तुलसीपुरमा थारुहरुको साझा सभाहल बन्ने दीप संञ्चार कात्तिक ९, २०७६ गते १७:५६ मा प्रकाशित निता चौधरीतुलसीपुर, नमुना भुँइह्यार थान समिति तुलसीपुर ५ जबरपुरमा आज शनिबार थारुहरुको पहिचान झल्किने नमुना सांस्कृतिक सभा हल निर्माण सम्बन्धमा छलफल तथा तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्ने थारु अगुवाहरुले थारुहरुको पहिचान भनेकै भुँइह्यार थान भएकाले यसलाई संरक्षण गर्नुपर्ने बताए ।तुलसीपुर क्षेत्रमा थारुहरुको पहिचान झल्किने थारु घर नभएको र थारुहरुको साझा सभाहल नभएकाले थारुहरुको कुनै कार्यक्रम, सभा वा गोष्ठी गर्ने भवन नहुँदा आइपर्ने समस्याको समाधान गर्ने उद्देश्यले निर्माण गर्न लागिएको अध्यक्ष रामशरण चौधरीले जानकारी दिए । थारुहरुको साझा सभा हल निर्माण गर्ने योजना सहितको छलफलमा बोल्ने विभिन्न गाउँका महटवा तथा थारु अगुवाहरुले उक्त सभाहल निर्माणका लागि व्यक्तिगत तथा सामुहिक रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।उक्त सभाहल निर्माणका लागि नमुना भुँइह्यार थान समिति तुलसीपुरका अध्यक्ष रामशरण चौधरीले ५० हजार आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए । अन्य गाउँका महटवाहरुले पनि प्रतिबद्धता जनाएको चौधरीले जानकारी दिएका छन् । समग्र थारुहरुको साझा सभाहल भएकाले तुलसीपुर उपमहानगरपालिका भित्र पर्ने सबै गाउँबाट आर्थिक रुपमा सहयोग गर्न पनि अध्यक्ष चौधरीले आग्रह गरेका छन् । करिब करिब ६० लाखको लागतमा करिब ५ सय जना सहभागी अट्ने खालको सभाहल निर्माण गरिने गरी छलफल भइरहेको जानकारी दिए । आगामी मंसिरदेखि सभाहलको निर्माण सुरु गर्ने गरी आफूहरु लागिरहेको उनको भनाई छ । संधीय सांसद हिराचन्द्र केसीले करिब ३०/३५ लाख सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेपछि आफ्नो हौसला बढेको र सभा हल निर्माणका लागि लागिपरेको बताए । नमुना भुइह्यार थान समिति तुलसीपुरका अध्यक्ष रामशरण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारु बृद्धिजीवी रोहित थारु, छोटीलाल थारु, बुझौना थारु, गजेन्द्र बहादुर चौधरी लगायतले मन्तब्य राखेका थिए ।नमुना भुँइह्यार थान समिति तुलसीपुरले स्थापना कालदेखि गर्दै आएको गतिविधिका बारेमा प्रगतिप्रतिवेदन समितिका अध्यक्ष रामशरण चौधरीले प्रस्तुत गरेका थिए । विभिन्न गाउँका महटवा र थारुअगुवाहरु गरी ५० जनाको सहभागिता रहेका छलफल कार्यक्रमको सहजीकरण उपाध्यक्ष नारायण चौधरीले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्युव्यावसायिक बाख्रापालक महासंघ दाङले मनायो प्रथम बाख्रा दिवस ( यस्तो…एनएलजी ईन्स्योरेन्सको आयोजनामा ३ दिने कृषि तथा पशु बिमा तालिम…तुल्सीपुरको लक्ष्मीवास सहकारी संस्था र USAID को साझेदारीमा वित्तीय साक्षरता… धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट भोलि दिउँसो ४ बजेट बजेट भाषण,सांसदहरु ३:४५ मै सदनमा उपस्थित हुनुपर्ने राष्ट्रपतिद्वारा गणतन्त्र दिवस –२०७९ का अवसरमा ८१८ कैदीको कैद सजाय माफी मिनाहा एएफसी एसियन कप : मैत्रीपूर्ण खेलमा टिमोर लेस्टेको सामना गर्दै नेपाल सभ्य अमेरिकीलाई बन्दुक दिनुपर्छ :डोनाल्ड ट्रम्प यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर नीति तथा कार्यक्रम आज पारित गर्न प्रतिनिधिसभाको बैठक ११ बजे बस्ने भुजेल समाज कतारले मनायो मौलिक उभौली (प्यहुगाल पारिम) पर्व सरकारी जग्गा बैना गरी ठगी गरेको आरोपमा ७२ वर्षीय वृद्धसहित दुई जना पक्राउ