गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ तुलसीपुरमा थारुहरुको साझा सभाहल बन्ने तुलसीपुरमा थारुहरुको साझा सभाहल बन्ने दीप संञ्चार कात्तिक ९, २०७६ गते १७:५६ मा प्रकाशित निता चौधरीतुलसीपुर, नमुना भुँइह्यार थान समिति तुलसीपुर ५ जबरपुरमा आज शनिबार थारुहरुको पहिचान झल्किने नमुना सांस्कृतिक सभा हल निर्माण सम्बन्धमा छलफल तथा तिहारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्ने थारु अगुवाहरुले थारुहरुको पहिचान भनेकै भुँइह्यार थान भएकाले यसलाई संरक्षण गर्नुपर्ने बताए ।तुलसीपुर क्षेत्रमा थारुहरुको पहिचान झल्किने थारु घर नभएको र थारुहरुको साझा सभाहल नभएकाले थारुहरुको कुनै कार्यक्रम, सभा वा गोष्ठी गर्ने भवन नहुँदा आइपर्ने समस्याको समाधान गर्ने उद्देश्यले निर्माण गर्न लागिएको अध्यक्ष रामशरण चौधरीले जानकारी दिए । थारुहरुको साझा सभा हल निर्माण गर्ने योजना सहितको छलफलमा बोल्ने विभिन्न गाउँका महटवा तथा थारु अगुवाहरुले उक्त सभाहल निर्माणका लागि व्यक्तिगत तथा सामुहिक रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।उक्त सभाहल निर्माणका लागि नमुना भुँइह्यार थान समिति तुलसीपुरका अध्यक्ष रामशरण चौधरीले ५० हजार आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए । अन्य गाउँका महटवाहरुले पनि प्रतिबद्धता जनाएको चौधरीले जानकारी दिएका छन् । समग्र थारुहरुको साझा सभाहल भएकाले तुलसीपुर उपमहानगरपालिका भित्र पर्ने सबै गाउँबाट आर्थिक रुपमा सहयोग गर्न पनि अध्यक्ष चौधरीले आग्रह गरेका छन् । करिब करिब ६० लाखको लागतमा करिब ५ सय जना सहभागी अट्ने खालको सभाहल निर्माण गरिने गरी छलफल भइरहेको जानकारी दिए । आगामी मंसिरदेखि सभाहलको निर्माण सुरु गर्ने गरी आफूहरु लागिरहेको उनको भनाई छ । संधीय सांसद हिराचन्द्र केसीले करिब ३०/३५ लाख सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेपछि आफ्नो हौसला बढेको र सभा हल निर्माणका लागि लागिपरेको बताए । नमुना भुइह्यार थान समिति तुलसीपुरका अध्यक्ष रामशरण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारु बृद्धिजीवी रोहित थारु, छोटीलाल थारु, बुझौना थारु, गजेन्द्र बहादुर चौधरी लगायतले मन्तब्य राखेका थिए ।नमुना भुँइह्यार थान समिति तुलसीपुरले स्थापना कालदेखि गर्दै आएको गतिविधिका बारेमा प्रगतिप्रतिवेदन समितिका अध्यक्ष रामशरण चौधरीले प्रस्तुत गरेका थिए । विभिन्न गाउँका महटवा र थारुअगुवाहरु गरी ५० जनाको सहभागिता रहेका छलफल कार्यक्रमको सहजीकरण उपाध्यक्ष नारायण चौधरीले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप