गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ गाउमै स्वास्थ्य केन्द्र पाउदा स्थानीय खुशी गाउमै स्वास्थ्य केन्द्र पाउदा स्थानीय खुशी दीप संञ्चार कात्तिक ४, २०७६ गते १२:४२ मा प्रकाशित दाङ्ग, लमही नगरपालिका वडा नम्बर ६ मा नगर स्वास्थ्य केन्द्रको स्थापना गरिएको छ । गाउमै स्वास्थ्य केन्द्र उद्घाटन भएपछी स्थानीय खुशी भएका छन् । उक्त नगर स्वास्थ्य केन्द्रको आइतवार लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले एक कार्यक्रमका विच उद्घाटन गरेका हुन् ।यो नगर स्वास्थ्य केन्द्र संचालन भए संगै सामान्य बिरामी हुंदा लमही बजार दौडिन पर्ने बाध्यता त्यहांका स्थानियलाई हट्ने भएको छ । वडा नम्बर ६ को मध्यनगरमा स्थापना भएको नगर स्वास्थ्य केन्द्रले वडाका तिन वटा गाउका स्थानीयलाई सेवा प्रबाह गर्ने छ । केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख केसीले अब ज्वरो आएर कुनै पनि सर्बसाधारणले ज्यान गुमाउनु नपर्ने बताए । केसीले नगरवासीहरूलाई स्वास्थ्य सेवामा सहज पु¥याउने र नगरबासीलाई आफ्नै वडाबाट स्वास्थ्यको पहुँच पु¥याउने उद्घेश्य नगरपालिकाको भएको बताए । स्वास्थ्य कार्यक्रमलाई नै नगरपालिकाले प्राथमिकतामा राखेको नगर प्रमुख केसीले बताए ।कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष गणेशमान चौधरीले आफ्नो वडामा नगर स्वास्थ्य केन्द्र संचालन गर्नका लागि आन्तरिक ढिलाई भए पनि अबका दिनमा स्थानीयको स्वास्थ्य उपचारमा कुनै कमि कमजोरी हुन नदिने बताए । नगर स्वास्थ्य केन्द्र हेर्दा सानो भए पनि स्वास्थ्य सेवाका लागि महत्वपुर्ण हुने विश्वास ब्यक्त गर्दै, निशुल्क रूपमा जनतालाई स्वास्थ्य सेवा पुराउन र नगर स्वास्थ्य केन्द्रबाट आम सर्बसाधारणले सहजताको अनुभूति हुने गरेर सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् । वडामा आज आईतबार उद्घाटन गरिएको नगर स्वास्थ्य केन्द्रमा अ.हे.ब विष्णुमाया पौडेल, अनमी अर्चना श्रेष्ठ र कार्यालय सहयोगी रमा वली गरि तीन जना कर्मचारी रहने छन् ।लमही नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष गणेशमान चौधरीको सभापतित्वमा एवं लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्य तथा लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी , वडासदस्य अनिता चौधरी, कृष्ण खत्री लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण आचार्यले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअब फर्केर भारत जाने चाहाना छैनकाँग्रेस नेता एनपी साउदमाथि ओली समूहको आक्रमणविद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’आम्दा नेपालको प्रशंसनीय कार्य “बिकट बस्तिमा स्वास्थ्य भवन” धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ३विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ४“तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले ५बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ६विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ७एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, मध्यपूर्व संयोजक तथा उपसंयोजकद्वारा छानबिनको माग ८१६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार ताजा अपडेट ब्रेकिङ्ग न्यूज : ओली र विप्लवले भोलि संयुक्त सम्बोधन गर्ने क्यालिफोर्निया गाडीहरु एक आपसमा ठोकिदा १५ जनाको मृत्यु पर्यटन बोर्डद्वारा सेफ सन्तोष साहलाई सम्मान प्रदान “तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले नेकपाका दुबै समूहले सहकार्यको सन्देश पठाएका छन्ः उपसभापति निधि कार्ड्स कतारको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पन्थी र महासचिवमा भट्टराई निर्वाचित ओलीका दुई विकल्प : राजीनामा वा अविश्वासको सामना १६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार