गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ देउखुरीको समग्र विकाशका लागि साझा अवधारणा आवश्यक देउखुरीको समग्र विकाशका लागि साझा अवधारणा आवश्यक प्रिया स्मृती गजमेर असोज १३, २०७६ गते २०:२९ मा प्रकाशित दाङ, बन क्षेत्रको बिकाश सगै समग्र देउखुरी क्षेत्रको बिकाशको लागी देउखुरीका सांसद र जनप्रतिनिधिहरुले साझा अबधारणा बनाई अगाडी बढ्न आबश्यक रहेको आज लमहीमा आयोजित एक कार्यक्रममा बोलने बक्ताहरुले बताएका छन् ।प्रदेश शभा सांसद तथा कानुसमितिका सभापति दामा शर्माले देउखुरी भित्र भेगिय कुराले प्रश्रय पाउदा समग्र देउखुरीको बिकाश ओझेलमा पर्ने भन्दै क्षेत्रगत बिकाशलाई सन्तुलित गर्दै समग्र देउखुरीको बिकाशमा एक हुनुको बिकल्प नभएको बताएकी छन् । अर्का प्रदेश सासद ईन्द्रजित चौधरीले दक्षिण देउखुरी र उत्तर देउखुरी क्षेत्रलाई समेट्ने गरि सरकारी कार्यालय ब्यबस्थापन देखि ब्यापारिक, औधोगिक र कृषि क्षेत्रको दिर्घकालिन बिकाशको लागी दिर्घकालिन सोच लिएर अगाडी बढ्न आबश्यक रहेको बताएका छन् ।त्यस्तै अर्का सासद रेवति रमण शर्माले बिकाशको नाममा अनाबश्यक बिनास गर्दा आम सर्बसाधारणमा त्यसले बितृष्ण उत्पन्न गर्ने भएकोले सन्तुलित बिकाशको लागी सबै एक हुनुपर्ने बताएका छन् । त्यस्तै दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बन क्षेत्रको बिकाशका लागी बन क्षेत्रमा देखा पर्ने समस्याको पहिचान र समाधानमा उपभोक्ता तथा सरकोरवाला बिच साझा बुझाई आबश्यक रहेको बिचार ब्यक्त गरेका छन् । लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसिले देउखुरी क्षेत्रको बिकाशका लागी साझा धारणा बनाएर अगाडी बढ्न नगरपालिका सधै सकारात्मक रहेको बताएका छन् ।डिभिजन बन कार्यालय देउखुरीका प्रमुख शकर प्रसाद गुप्ताको स्वागत तथा बिषय प्रबेशबाट शुरु भएको कार्यक्रममा राप्ती गाउपालिकाका अध्यक्ष नुमानन्द सुबेदी, राजपुर गाउपालिकाका अध्यक्ष , लोकराज केसी, सामुदायिक रेडियो प्रसारक संघ प्रदेश ५का अध्यक्ष केपि घिमिरे, सामुदायिक बन उपभोक्ता महासघ क्षेत्र नम्बर एक का सयोजक हरि भुषाल लगाएतले आफ्नो धारण राखेका थिए ।कार्यक्रमको सचालन नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष लिला शाहले गरेकी थिइन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख जनक भट्टराई ,लगाएत स्थानिय राजनितिक दल र अन्य सरोकारवालाहरुको समेत सहभागिता थियो ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल