गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ देउखुरीको समग्र विकाशका लागि साझा अवधारणा आवश्यक देउखुरीको समग्र विकाशका लागि साझा अवधारणा आवश्यक प्रिया स्मृती गजमेर असोज १३, २०७६ गते २०:२९ मा प्रकाशित दाङ, बन क्षेत्रको बिकाश सगै समग्र देउखुरी क्षेत्रको बिकाशको लागी देउखुरीका सांसद र जनप्रतिनिधिहरुले साझा अबधारणा बनाई अगाडी बढ्न आबश्यक रहेको आज लमहीमा आयोजित एक कार्यक्रममा बोलने बक्ताहरुले बताएका छन् ।प्रदेश शभा सांसद तथा कानुसमितिका सभापति दामा शर्माले देउखुरी भित्र भेगिय कुराले प्रश्रय पाउदा समग्र देउखुरीको बिकाश ओझेलमा पर्ने भन्दै क्षेत्रगत बिकाशलाई सन्तुलित गर्दै समग्र देउखुरीको बिकाशमा एक हुनुको बिकल्प नभएको बताएकी छन् । अर्का प्रदेश सासद ईन्द्रजित चौधरीले दक्षिण देउखुरी र उत्तर देउखुरी क्षेत्रलाई समेट्ने गरि सरकारी कार्यालय ब्यबस्थापन देखि ब्यापारिक, औधोगिक र कृषि क्षेत्रको दिर्घकालिन बिकाशको लागी दिर्घकालिन सोच लिएर अगाडी बढ्न आबश्यक रहेको बताएका छन् ।त्यस्तै अर्का सासद रेवति रमण शर्माले बिकाशको नाममा अनाबश्यक बिनास गर्दा आम सर्बसाधारणमा त्यसले बितृष्ण उत्पन्न गर्ने भएकोले सन्तुलित बिकाशको लागी सबै एक हुनुपर्ने बताएका छन् । त्यस्तै दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बन क्षेत्रको बिकाशका लागी बन क्षेत्रमा देखा पर्ने समस्याको पहिचान र समाधानमा उपभोक्ता तथा सरकोरवाला बिच साझा बुझाई आबश्यक रहेको बिचार ब्यक्त गरेका छन् । लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसिले देउखुरी क्षेत्रको बिकाशका लागी साझा धारणा बनाएर अगाडी बढ्न नगरपालिका सधै सकारात्मक रहेको बताएका छन् ।डिभिजन बन कार्यालय देउखुरीका प्रमुख शकर प्रसाद गुप्ताको स्वागत तथा बिषय प्रबेशबाट शुरु भएको कार्यक्रममा राप्ती गाउपालिकाका अध्यक्ष नुमानन्द सुबेदी, राजपुर गाउपालिकाका अध्यक्ष , लोकराज केसी, सामुदायिक रेडियो प्रसारक संघ प्रदेश ५का अध्यक्ष केपि घिमिरे, सामुदायिक बन उपभोक्ता महासघ क्षेत्र नम्बर एक का सयोजक हरि भुषाल लगाएतले आफ्नो धारण राखेका थिए ।कार्यक्रमको सचालन नेपाल पत्रकार महासघ दाङका उपाध्यक्ष लिला शाहले गरेकी थिइन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख जनक भट्टराई ,लगाएत स्थानिय राजनितिक दल र अन्य सरोकारवालाहरुको समेत सहभागिता थियो ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै