Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५सांसद चौधरीद्वारा तिन कोठे भवनको शिलान्यास

सांसद चौधरीद्वारा तिन कोठे भवनको शिलान्यास


दाङ, प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले लमही नगरपालिका वडा न ८ मा रहेको प्राथमिक बिद्यालय असानीको नबनिर्मित तीन कोठे भवनको उद्घाटन गरेका छन ।

गत बर्ष मा प्रतिनिधि सभा सदस्य चौधरीको विशेष पहलमा निर्बाचन क्षेत्र न १ पुर्बाधार बिकास कोषबाट तीन कोठे पक्की भवन निर्माणका लागि दस लाख बजेट बिनियोजन भएको थियो । उक्त बजेटबाट निर्मित भवनलाई बिद्यालयले बिद्यालयको आयश्रोत वृद्धि गर्नका लागि मासिक पन्ध्र सय भाडा आउने गरि ब्यापारिक भवन बनाएर भाडामा दिएको छ ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष धनिराम चौधरीको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा प्रतिनिधि सभा सदस्य मेट्मणी चौधरीले यस क्षेत्रका स्थानीयको जिबनस्तर उकास्नका लागि यस क्षेत्रमा रहेका सबै सरकारी निकायक प्रमुखलाई निर्देशन दिएको बताए । देउखुरी क्षेत्रका समस्याको आफू जानकार रहेको बताउदै प्रतिनिधि सभा सदस्य चौधरीले स्थानीय,प्रदेश र केन्द्र सम्म जोडदार पहल गरिरहेको बताए । शिक्षा क्षेत्रको मुहार बदलनका लागि यहाँ का बालबालिका ,भवन निर्माण लगायतमा आफ्नो संसद बिकास कोषमा आउने रकम खर्चिएको बताए ।

यहाँका स्थानीयलाई खेतिपाती गर्न राप्ती नदि तरेर जानू पर्ने बाध्यता भएकोले असानी गाउँ देखि राप्ती पारी जानलाई झोलुङे पुलको प्रक्रिया अघि बढाउने बताए । त्यस्तै लमही नगरपालिका वडा नम्बर आठका वडाध्यक्ष मेघ नारायण चौधरी स्वास्थ्य,शिक्षा र गरिबी मान्छेका सबै भन्दा ठुला सत्रु भएको भन्दै नेतृत्व तहमा पुगेका ब्यक्तिले यो बारेमा गम्भीर भएर सोच्नु आबश्यक रहेको बताए । बेरोजगारको नाममा जुन कार्यक्रम आएको छ यो नसुहाउदो भएको चौधरीको भनाई छ । योग्यता अनुशारको कार्यक्रम नभएकोले र स्थानीय युवाले नरुचाउदा कार्यक्रम नै फिर्ता गरिदिएको वडाध्यक्षले बताए ।

खेतिपातीको लागि स्थानीयलाई आकाशे पानीको भर पर्नु पर्ने बाध्यता भएकोले बड्कापथ सिचाई आयोजनालाई लमही नगरपालिकाको अन्य वडाका खेतीयोग्य जमिन भएको बस्ति सम्म पुर्याउनका लागि पहल गरिदिन आग्रह गरेका छन । त्यस्तै बार्षायममा राप्ती र खहरे खोलाले यहाँका बस्तिहरु डुबानको चेपटामा पर्ने गरेको भन्दै पहल गरिदीन संघीय साम्सद मेटमणी चौधरीलाई वडाध्यक्षले आग्रह गरेका छन ।

कार्यक्रममा लमही नगरपालिका वडा न.८ का वडाध्यक्ष मेघ नारायण चौधरी,सदस्य गणेश चौधरी,नेकपा दाङ जिल्ला सचिवालय सदस्य मिना गुरुङ,दाङ नेकपा जिल्ला कमिटी सदस्य रतन कुमार केसी,पवन शर्मा रिजाल लगायतको उपस्थिति रहेको थियो । यो बिद्यालय पुर्बपस्चिम राजमार्ग संगै सटेको भएता पनि भौतिक र आर्थिक हिसाबले कमजोर छ । गत बर्ष ७५ जना विद्यार्थी थिए भने चालू आर्थिक बर्ष २०७६ मा ९५ जना विद्यार्थीले पठन पाठन गरिरहेका छन ।

त्यसैगरी यस बिद्यालयमा कक्षाकोठाको समस्या,पिउने शुद्ध पानीको समस्या पनि रहेको छ । प्राथमिक बिद्यालय असानीका प्रधानाध्यापक खमान सिङ खड्काको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सन्चालन पत्रकार भानु जोशीले गरेका थिए ।


क्याटेगोरी : प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस