Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५बक्सिङ सघको अध्यक्षमा पुनः थापा

बक्सिङ सघको अध्यक्षमा पुनः थापा


दाङ, दाङ जिल्ला बक्सिङ संघको अध्यक्षमा राजु थापा चयन भएका छ्न् ।

जिल्ला बक्सिङको सनिवार सम्पन्न साधारण सभा तथा अधिवेशनले पुनः थापाको अध्यक्षतामा १५ सदस्यीय बक्सिङ संघको नयाँ कार्यसमिती सर्वसहमतिले चयन गरेको हो ।

जसको उपाध्यक्षमा चन्द्रज्योती थापा,विशाल जङ्ग शाह,एलिसा सेन्चुरी,सचिव हस्त जिएम,कोषाध्यक्ष दिपक केसि,सहसचिव यम कुमार स्वर्णकार ( सफल), रहेका छन । त्यसैगरी संघको सदस्यहरूमा श्रीधर केसि,मदन ओलि,रमा बिक,लक्ष्मण शर्मा,केशर खत्री,जानकि थापा,मान बहादुर राना,नारायण थापा चयन भएको संघका सचिव हस्त जिएमले जानकारी दिए । त्यस्तै संघको वरिष्ठ सल्लाहकारमा जोग बहादुर राना, शम्भु बि.क., र सल्लाहकारमा रेवन्त राना,गगन राना, केशब प्रसाद श्रेष्ठ,जय बहादुर घर्ती,र लक्ष्मण बस्नेत रहेका छन् ।

अधिवेशन संघका अध्यक्ष राजु थापाको अध्यक्षता तथा नेपाल बक्सिङ संघका केन्द्रिय उपाध्यक्ष संगम शाहको प्रमुख आतिथ्य एवं दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख शान्ती सोमईको विशिस्ट आतिथ्यमा भएको थियो ।

सो अबसरमा कार्यक्रमका प्रमुख अतिथी,शाह, बिशिस्ट अतिथी सोमई, दाङ जिल्ला तेक्वान्दो संघका सचिव राकेश परियार लगाएतका बधाई तथा शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रमको संचालन संघका सल्लाहकार लक्ष्मण बस्नेतले गरेका थिए ।


क्याटेगोरी : प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस