गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ अजम्बरी सामुदायिक बन उपभोक्ता समुहको साधारण सभा सम्पन्न अजम्बरी सामुदायिक बन उपभोक्ता समुहको साधारण सभा सम्पन्न प्रिया स्मृती गजमेर असोज ११, २०७६ गते १६:१६ मा प्रकाशित दाङ, लमही नगर पालिका वडा नम्बर ५ मा रहेको अजम्बरी सामुदायिक बन उपभोक्ता समुहको पन्ध्रौ बार्षिक साधारण सभा आज शनिबार लमहीमा सम्पन्न भएको छ ।समुहका अध्यक्ष पवन शर्मा रिजालको अध्यक्षता तथा प्रदेश सभा सदस्य रेवती रमण शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । लमही बजार क्षेत्रको एक मात्र सामुदायिक वन उपभोक्ता समुहले जैविक विविधता संरक्षणको लागि बृक्षारोपण, जैविक विविधता पार्क निर्माण गरिएको छ ।जैविक विविधता पार्क निर्माण गर्न प्रदेश सरकारले तिस लाख बजेट बिनियोजन गरेको छ साथै लमही नगरपालिकाले पनि भ्यु टावर निर्माणका लागि तिस लाख रकम स्वीकृत गरेको समुहका अध्यक्ष पवन शर्मा रिजालले बताए । त्यस्तै प्रदेश सभा सदस्य रेवती रमण शर्माले वन, वातावरण, जैविक विविधता संरक्षणमा सामुदायिक वन उपभोक्ता समुहले अतुलनिय योग्दान पु¥याएको भन्दै प्रशंसा गरेका छन् । आज शनिबार सम्पन्न भएको बार्षिक साधारण सभामा आगामी दिनमा वन, वातावरण तथा जैविक विविधता संरक्षणमा उपभोक्ताको सकृय सहभागीता बढाउदै सबैको आकर्षणको केन्द्र बनाउन जोड दिइएको छ ।कार्यक्रममा लमही नगरपालिकाका उप–प्रमुख देवका बेल्वासे, देउखुरी वन डिभिजन कार्यालयका प्रमुख शंकरप्रसाद गुप्ता, वडा अध्यक्ष बिमबहादुर केसी, नेकपा लमही नगर किमिटीका सचिव बसन्त शर्मा (बिक्रान्त), लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष दण्डिराम चौधरी लगायतको बिशेष उपस्थिति रहेको छ ।समुहका सचिब माया विश्वकर्माले प्रगति प्रतिबेदन र कोषाध्यक्ष तेज बहादुर बिकले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन सचिब माया विश्वकर्माले गरेकी थिइन ।.क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न