गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ प्रेमलालको रहरलाग्दो प्रेमिल कृषि खेती प्रेमलालको रहरलाग्दो प्रेमिल कृषि खेती प्रिया स्मृती गजमेर असोज ९, २०७६ गते १८:५७ मा प्रकाशित दाङ, लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीका प्रेमलाल चौधरीले २ कट्ठा जग्गामा गौरब ५ सय ५५ जातको टमाटर खेती गरेका छन ।धेरै पहिले देखि विभिन्न जातका तरकारी खेती गर्दै आएका चौधरीले यो पटक भने अलि ब्यबस्थित तरिकाले गरेका छन । उनले आउदो तिहार सम्म टमाटर बिक्रीको लागि तयार हुने गरि खेती गरेका छन । बितेको सालमा अनुमानित ४० देखि ५० हजार सम्मको टमाटर बिक्री गरेको चौधरीले बताए ।अब यो बर्ष पनि निकै मेहनत गरेर गरेको छु हेरौ कस्तो हुन्छ चौधरीले भने । यदि समयले साथ दियो भने एक बिरुवाले कम्तिमा पनि ५ किलो सम्म दाना दिने गर्दछ । सुरु सुरुमा घरमा खानको लागि गर्ने गर्दथे तर गरे पछि हुने रैछ भन्ने लाग्यो र सुरु गरेको चौधरीले बताए । तरकारी खेतीको लागि चाहिने मलको पनि आफैले ब्यबस्था गरेका छन । चौधरीले आफ्नै जग्गालाई भाडामा दिएर ब्रोइलर कुखुरा फार्म समेत चलाएका छन । जग्गाको भाडा त्यही कुखुराको मल लिने र तरकारीमा हाल्ने गरेको छु चौधरीले भने । धेरै मेहनत गर्नु पर्छ। कहिले किराले सताउछ कहिले असिना पानीले । टमाटरको बजार मूल्य सस्तो हुने भएकोले टमाटरको खेति गर्ने किसान मर्कामा पर्ने गरेको उनले बताए । त्यस्तै एक कट्ठा जग्गामा चौधरीले अकबरे जातको लोकल खुर्सानीको पनि खेती गरेका छन । बनघुस्री गाउ पुर्बपश्चिम राजमार्ग संगै जोडिएको कारण पनि त्यहा उत्पादन गरिएका तरकारी लमही बजार सम्म ल्याउन कुनै समस्या छैन । तरकारी तयार भए पछि प्रेमलाल आफैले मोटरसाइकलमा राखेर लमही बजार सम्म पुराउने गर्दछन । कम्तिमा पनि दुई सयको घरधुरी संख्या रहेको बनघुस्री गाउमा पानीको भने समस्या रहेको छ ।दुई सय घरधुरी संख्याको लागि बनघुस्रीमा सिचाइका लागि एक वटा मात्र बोरिङ रहेको छ । खेतिपातीको समयमा यति धेरै किसानको खेतमा पानी बाड्दा बाड्दै पालो आउदैन जस्ले गर्दा खेतीपातीमा असर पर्ने गरेको वडा नम्बर ७ का स्थानिय केदार चौधरीले बताए ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदानअन्तरपार्टी महिला संजाल दाङको अध्यक्षमा गुरूङप्रमुख प्रशासकीय अधिकृत डाँगीलाई भब्य स्वागत, रोकिएका कामकाज शुरुअब फर्केर भारत जाने चाहाना छैन धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २एनआरएनए मध्यपूर्व युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन – २०२१’ आयोजना गर्दै, युवा प्रतिभाहरुमा व्यापक उत्साह ३“तिम्रै हुन मन छ, कस्सम बाबा” भन्दै हरी संग कसम खाईन इन्दिराले ४तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ५विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ६जनसम्पर्क कोरियाको ईतिहासमा पहिलो पटक अन लाईन फर्मबाट सदस्यता वितरण कार्य सम्पन्न ७बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ८विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ताजा अपडेट सुवनमा बर्दियाली एकता समाजको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा गोबिन्द शर्मा चयन म्यानमारमा सैनिक ज्यादतीः एकै दिन ८० जना भन्दा बढिको हत्या कांग्रेसको पदाधिकारी बैठक बस्दै सिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्या अनेरास्ववियु क्रान्तिकारीको आयोजनामा रक्तदान सीसीएमसी बैठक : विद्यालय बन्द गर्ने प्रस्तावमा छलफल अन्तरपार्टी महिला संजाल दाङको अध्यक्षमा गुरूङ प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई भब्य स्वागत, रोकिएका कामकाज शुरु