गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ प्रेमलालको रहरलाग्दो प्रेमिल कृषि खेती प्रेमलालको रहरलाग्दो प्रेमिल कृषि खेती प्रिया स्मृती गजमेर असोज ९, २०७६ गते १८:५७ मा प्रकाशित दाङ, लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीका प्रेमलाल चौधरीले २ कट्ठा जग्गामा गौरब ५ सय ५५ जातको टमाटर खेती गरेका छन ।धेरै पहिले देखि विभिन्न जातका तरकारी खेती गर्दै आएका चौधरीले यो पटक भने अलि ब्यबस्थित तरिकाले गरेका छन । उनले आउदो तिहार सम्म टमाटर बिक्रीको लागि तयार हुने गरि खेती गरेका छन । बितेको सालमा अनुमानित ४० देखि ५० हजार सम्मको टमाटर बिक्री गरेको चौधरीले बताए ।अब यो बर्ष पनि निकै मेहनत गरेर गरेको छु हेरौ कस्तो हुन्छ चौधरीले भने । यदि समयले साथ दियो भने एक बिरुवाले कम्तिमा पनि ५ किलो सम्म दाना दिने गर्दछ । सुरु सुरुमा घरमा खानको लागि गर्ने गर्दथे तर गरे पछि हुने रैछ भन्ने लाग्यो र सुरु गरेको चौधरीले बताए । तरकारी खेतीको लागि चाहिने मलको पनि आफैले ब्यबस्था गरेका छन । चौधरीले आफ्नै जग्गालाई भाडामा दिएर ब्रोइलर कुखुरा फार्म समेत चलाएका छन । जग्गाको भाडा त्यही कुखुराको मल लिने र तरकारीमा हाल्ने गरेको छु चौधरीले भने । धेरै मेहनत गर्नु पर्छ। कहिले किराले सताउछ कहिले असिना पानीले । टमाटरको बजार मूल्य सस्तो हुने भएकोले टमाटरको खेति गर्ने किसान मर्कामा पर्ने गरेको उनले बताए । त्यस्तै एक कट्ठा जग्गामा चौधरीले अकबरे जातको लोकल खुर्सानीको पनि खेती गरेका छन । बनघुस्री गाउ पुर्बपश्चिम राजमार्ग संगै जोडिएको कारण पनि त्यहा उत्पादन गरिएका तरकारी लमही बजार सम्म ल्याउन कुनै समस्या छैन । तरकारी तयार भए पछि प्रेमलाल आफैले मोटरसाइकलमा राखेर लमही बजार सम्म पुराउने गर्दछन । कम्तिमा पनि दुई सयको घरधुरी संख्या रहेको बनघुस्री गाउमा पानीको भने समस्या रहेको छ ।दुई सय घरधुरी संख्याको लागि बनघुस्रीमा सिचाइका लागि एक वटा मात्र बोरिङ रहेको छ । खेतिपातीको समयमा यति धेरै किसानको खेतमा पानी बाड्दा बाड्दै पालो आउदैन जस्ले गर्दा खेतीपातीमा असर पर्ने गरेको वडा नम्बर ७ का स्थानिय केदार चौधरीले बताए ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट