Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५कांग्रेस नेता पौडेलद्वारा तरुण कपको उद्घाटन

कांग्रेस नेता पौडेलद्वारा तरुण कपको उद्घाटन


दाङ, नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले दाङको तुलसीपुरमा दोस्रो तरुण कप फुटबल प्रतियोगिता विहीवार उद्घाटन गरेका छन् । तरुणदल तुलसीपुर उप–महानगरपालिका वडा नं ५ को आयोजनामा सुरु गरिएको हो ।

जिल्ला स्तरिय फुटबल प्रतियोगितामा जिल्लाका २० वटा टिमको सहभागिता रहेको आयोजक संस्था नेपाल तरुणदल तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष सुनिलबाबु डाँगीले जानकारी दिए ।

स्थानिय स्तरमा खेलकुदको पहुच अभिवृद्धि गर्ने र नयाँ पिढीलाई फूटबल प्रति आकर्षण पैदा गर्ने पूर्व उपप्रधानमन्त्री समेत रहेका पौडेले बताए । ‘खेलले तपाँईको शरिरमा स्फूर्ती पैदा गर्छ । तपाँईलाई देश विदेशमा चिलाउन मद्दत गर्छ । खेल जित्ने भन्दापनि अनुशासनमा रहेर खेल्नु होला,’ पौडेलले भने ।

नेपाल तरुण दल दाङका अध्यक्ष टीका घर्तीको स्वागत मनतब्यबाट सुरु भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरी, जिल्ला सभापति कीर्तिबहादुर खड्का लगाएका जिल्ला तहका नेता कार्यकर्ता पुगेका थिए ।


उद्घाटन खेल एसएसएफ (बी)र यूएनविसी बीच
तुलसीपुरको अरनिको मैदानमा जारी तरुण कपको उद्घाटन खेल तुलसीपुरको एसएफए –बी) र घोराहीको यूएनविसीका बीच जारी रहेको छ । यो खवर तयार पार्दासम्म दुबै टिमको तर्फवाट गोल भएको थिएन ।

विजेतालाई ६६ हजार ६ सय ६६ नगद
प्रतियोगिताको उपाधी चुम्ने टिमलाई नगद ६६ हजार ६ सय ६६ पुरस्कार, कप, मेडल, प्रमाण पत्र प्रदान गरिने भएको छ । प्रतियोगितामा द्वितीय हुने टिमले नगद ३३ हजार ३ सय ३३, मेडल, प्रमाणपत्र हात पार्ने छ । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई वेष्ट प्लेयर,वेष्ट डिफेन्स, वेष्ट किप्पर र वेष्ट कोचको छनौट गरि ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिता असोज १६ गते सम्म चल्ने छ । खेल नकआउट सिस्टममा खेलाइने छ ।


क्याटेगोरी : प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस