Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५शैक्षिक क्षेत्रमा फट्को मार्दै लमहीको गोरखा

शैक्षिक क्षेत्रमा फट्को मार्दै लमहीको गोरखा


दाङ, लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कुलले छोटो समयमा शैक्षिक क्षेत्रमा निकै फट्को मार्दै गएको छ ।

गोरखा ग्रुप प्रालीद्वारा संचालित यो बिद्यालय देउखुरीको लमहीमा सन्चालन भएको त्यति लामो समय भएको छैन तर पनि छोटो समयमा यस क्षेत्रका अभिभावकको मन जित्न सफल भएको छ । यसै बिच कक्षा ११ को परिक्षामा देउखुरी प्रथम भएको दाबि गरेको छ । गत बर्ष २०७५ मा राष्ट्रीय परीक्षा बोर्डले लिएको परिक्षामा मानबिकी र बिज्ञान संकाय तर्फ देउखुरी भ्यालीमै सर्बोत्कृस्ट ल्याउन सफल भएको भन्दै दाबी गरेको हो ।

व्यवस्थापन संकायमा चार जनाले तीन भन्दा बढी जिपिए लिन सफल भएका छन । ब्यबस्थापन तर्फ पुजा पौडेलले ३.३९,करण श्रेष्ठले ३.२७,आरुशी कशौधनले ३.२७ र आरती शर्माले ३.२३ जिपिए ल्याउन सफल भएका छन । त्यस्तै बिज्ञान संकाय तर्फ तीन जना उत्कृष्ट ए ग्रेट ल्याउन सफल भएका छन । बिज्ञान संकाय तर्फ सुसन कुवरले ३.३३, संगीत खनालले ३.३३ र शिभम कुमार गुप्ताले ३.२७ जिपिए ल्याएका छन ।

यस अघि पनि कक्षा १२ को परिक्षामा ३.४९ जिपिए ल्याएर अन्कित हलुवाई देउखुरी प्रथम भएका थिए । २०७५ सालमा गोरखा मोडेल सेकेण्डरी स्कुलको लमहीमा स्थापना भएको हो । २१ बर्ष को लामो अनुभब,अनुभूति संगाल्दै बिभिन्न चरणहरु सफलताका साथ् गोरखा ग्रोपले पार गर्दै आएको छ । लमहीमा स्थापनाकाल देखि नै यस क्षेत्रका बिद्यार्थी र अभिभाबकको पहिलो रोजाईमा पर्न गोरखा स्कुल सफल भएको हो । शैक्षिक सत्रको पहिलो बर्ष भर्ना अभियान मै आबश्यकता भन्दा बढी बिद्यार्थी भएकाले कति त् हामीले भर्ना गर्न सकेनौ धेरै बिद्यार्थी र अभिभाबक निरास भएर फर्किन परेको थियो बिद्यालयका प्राचार्य लोकमान रिजालले भने ।

हरेक बर्ष बिद्यालयमा विद्यार्थीको चाप बढ्दै गएकोले भौतिक पुर्बाधारका लागि अथक प्रयास भैरहेको रिजालले बताए । देउखुरी क्षेत्रको शैक्षिक जगतमा नयां आयाम थप्नका लागि गोरखा मोडेल सेकेण्डरी स्कुलले हरसम्भब प्रयास गर्ने प्राचार्य रिजालले बताए । लामो समय गोरखा ग्रुप प्रालिद्वारा संचालित तुलसीपुर र घोराहीका बिद्यालयमा अनुभब संगालेका शिक्षकबाट अध्यापन भैरहेको छ । बिद्यालयमा विद्यार्थीको चाप बढे संगै उनीहरुलाई ओसार पसार गर्नका लागि प्रशस्तै स्कुल बसको समेत ब्यबस्था गरेको प्राचार्य रिजालले बताए । गोरखा मोडेल सेकेण्डरी स्कुलको चारै तिर राम्रो कुरा सुनेर ‘म पनि भर्ना हुन् आएको हु’ जे होस् पढाई देखि लिएर सबै पक्ष चित्त बुझ्दो रहेछ कक्षा ८ मा अध्ययनरत मनिला चौधरीले भनिन । बेला बेलामा बिद्यालयले बिद्यार्थीहरुको बौदिक बिकाशका लागि बिभिन्न क्रियाकलाप समेत गराउने गरेको छ ।

शुरु देखि नै राम्रो र प्रभाबकारी शिक्षा लिनका लागि देउखुरी देखि अन्यत्र जानु पर्ने जुन एउटा परिपाटी छ त्यो कसरि अन्त्य होला भन्ने आफुमा गम्भीर चिन्तन भएको प्राचार्य रिजालले बताए । तिनै समस्याबाट मुक्त हुन राम्रो र गुणस्तरीय शिक्षाका लागि कसैलाई पनि बाहिर जान नपरोस भनेर गोरखा स्कुलको स्थापना गरेको उनले बताए ।


क्याटेगोरी : प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस