Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५एलआइसीको शाखा अब लमहीमा पनि

एलआइसीको शाखा अब लमहीमा पनि


दाङ, लाइफ इन्सोरेन्स कार्पोरेसन नेपाल (एल.आइ.सी) को शाखा कार्यालय आज मंगलबार लमहीमा उद्घाटन गरिएको छ ।

एल.आइ.सीका लमही शाखा प्रमुख सुरज प्रसाद भट्टको अध्यक्षता तथा प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासको प्रमुख अतित्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि दासले कार्यालयको उद्घाटन गरेका हुन् । लमहीमा एलआइसीले बिमा बनाउन शुरु गरेको १७ बर्षपछि शाखा कार्यालय स्थापना गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै सहभागिले एलआइसीले बिमा बनाउनेहरुको लागि ठूलो अवसरका विभिन्न अवसरहरु ल्याएको भन्दै जीवन विमा अपरीहार्य जस्तै बनेको बताएका थिए । पारदर्शीता र जवाफदेहीताको हिसावले एलआइसी उत्तम रहेको दावी गर्दै सहभागिले एलआइसीलाई सदैव विश्वास गर्न आग्रह गरिएको थियो ।

कार्यक्रममा कम्पनीका नायव कार्यकारी अधिकृत डिडट बर्नवाल, क्षेत्रिय निर्देशक पदम राना, जिल्ला शाखा घोराहीका प्रमुख सुरजप्रताप शाख, शरद कुमार श्रेष्ठ, पत्रकार केपी घिमिरे लगायतका बत्ताहरुले मन्तब्य व्यक्त गरेका थिए ।


क्याटेगोरी : प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस