Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५कांग्रेस जनजागरण अभियान व्यापक र थप व्यवस्थापन गर्नु पर्ने

कांग्रेस जनजागरण अभियान व्यापक र थप व्यवस्थापन गर्नु पर्ने


दाङ, नेपाली काग्रेशको दोस्रोचरणको जनजागरण कार्यक्रम अन्तर्गत दाङ निर्बाचन क्षेत्र नम्बर १ ख को जनजागरण कार्यक्रम आज लमहीमा सम्पन्न भएको छ ।

क्षेत्र नम्बर १ प्रदेश ख का सभापती देवानजग चौधरीको अध्यक्षता र केन्द्रिय प्रतिनिधि शुसिला शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाली कांग्रेसको जागरण कार्यक्रम गाउ केन्द्रति हुनुपर्ने, भातृसगठनहरु क्रियाशिल र सक्रिय हुनुपर्ने, कांग्रेसले सगठन सुदृढिकरण अभियानलाई ब्यापकता दिनुपर्ने, महाधिबेशन समयमा गरिनुपर्ने, कांग्रेस बचाउन हिन्दुर्धम बचाउनुपर्ने, बहुमतको दम्भको आधारमा एक लौटिरुपमा सरकारले गरेका बेथितिको बिरुद्धमाकांग्रेसले जनता जगाउने काम गर्नुपर्ने तथा कांग्रेसको जागरण अभियानलाई थप ब्यबस्थापन बनाउन जरुरी रहेको सुझाब दिएका छन् ।

नेपाली कांग्रेस लमही नगरईकाई सभापती शिब प्रसाद चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बोल्दै केन्द्रीय प्रतिनिधि शुसिला शाहीले उठेका सवालहरुलाई केन्द्रय कमिटिमा जस्ताको तस्तै राख्ने प्रतिबद्धता ब्यक्त गरेकी छन् । कांग्रेस बलियो भएमात्र गुटउपगुट अन्त्य हुने भएकोले गुट उपगुट भन्दा पनि कांग्रेसको समग्र हितका लागी अगाडी बढ्न क्षेत्रिय नेतृत्वलाई सुझाब दिएकी छन् । नेबिसघका केन्द्रिय प्रतिनिधि हृदय उपाध्यायले सरकारको बेथितिको बिरुद्ध नेपाली कांग्रेसले आवाज उठाउने बताएका छन् ।

उक्त अवसरमा लमही नगरपालिकाका उपप्रमुख देबका बेलबासे,नेपाल महिला सघका केन्द्रीय सदस्य गिरिजा न्यौपाने, महासमिति सदस्य कर्ण बहादुर बुढाथोकी, महाधिबेशन प्रतिनिधि रेशम बहादुर खड्का पुर्ब महाधिबेशन प्रतिनिधि, मधु न्यौपाने, नेपाली कांग्रेसका जिल्ला सदस्य कुमार घिमिरे, लक्ष्मण पबन शर्मा, नेपाली कांग्रेसका क्षेत्रिय सचिब हरिहर शर्मा, लमही नगरबिकाश समितिका पुर्ब अध्यक्ष घनश्याम सुबेदी,जेपी फाउन्डेसनका क्षेत्रिय सभापती राजकुमार खड्का, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष लिला शाह, नेपाल तरुणदलका क्षेत्रिय सदस्य, मधु खड्का, शारदा खड्का, लगाएतले मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजिकरण चुडामणि आचार्यले गरेका थिए ।


क्याटेगोरी : प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस