तरकारी खेतीमा रमाउदै उर्मिला
दाङ, आधा आकाश ढाकेका महिलाहरु अबशर पाए गर्न सक्छन भन्ने एउटा गतिलो उदाहरण बनेकी छन् लमही नगर पालिका वडा नम्बर ६ मध्यनगर निवासी उर्मिला चौधरी ।
उनले अहिले २४ कट्ठा जग्गा भाडामा लिएर तरकारी खेति शुरु गरेकी छन् । मध्यनगरका एक स्थानियसंग उनीहरुले बार्षिक ४० हजार तिर्ने सहमतिमा उक्त जग्गा भाडामा लिएका हुन् । उर्मिलाले शुरु गरेको तरकारी खेति नजिक जाने हो भने जो कसैलाई पनि तरकारी खेति प्रति आकर्षित गराउने खालको छ । केहि दिन अघि मात्र उर्मिलाले ५३ किलो करेला बिक्रि गरेकी छन् ।
उनि आफैले उत्पादन गरेका तरकारी नजिकै रहेको लमही बजारमा होलसेलमा बिक्रि गर्ने गरेको बताईन । होलसेलमा बिक्रि गर्दा प्रति किलो ५० मा बेच्ने गरेको र घरमै आएर किन्नेहरुको लागि ६० मा बिक्रि गर्ने गरेको बताईन ।
उर्मिलाको बारीमा फलेका सबै तरकारी स्थानिय बजार र गाउ घरमै खपत हुने गर्दछ । अहिले उनले भाडामा लिएको जग्गामा लौका,करेला र टमाटर रोपेकी छन् । राप्ती पारीको बेला माइती घर भएकी उर्मिलाले माइतीमा बुवा आमाले पनि तरकारी खेति गर्ने गरेकोले त्यहि देखेर सिकेको बताईन । माइतीमा सिकेको सीपलाई अहिले उर्मिलाले ब्यबहारमा उतार्दै ब्यबसायिक तरकारी खेति सुरु गरेकी हुन् ।
आँट र हिम्मत भए जस्तो सुकै कठिन काम पनि गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेकी छन् उर्मिला चौधरी । तरकारी खेति गर्दा धेरै जसो ठाँउमा किट नाशक औषधि प्रयोग गर्ने गरेको सुनेको छु तर मैले यहाँ अहिले सम्म छिटेको छैन उर्मिला भन्छिन । फल लाग्ने बेला हप्ताको एक पटक भिटामिन औषधि छिटने गरेको उनले बताईन । श्रीमानले नै तरकारी खेतीमा लाग्नका लागि प्रेरित गर्नु भएको हो,फुर्सदमा उहाँले पनि सघाउनु हुन्छ उर्मिलाले भनिन । अहिले तरकारी खेतिबाट राम्रै आम्दामी हुने गरेकोले घर खर्च चलाउन पनि सजिलो भएको छ ।
उनका श्रीमान् सुकदेव चौधरी लमही बजारको एक हार्डवयर पसलमा काम गर्ने गर्दछन । सुकदेबले मासिक पन्ध्र हजार कमाउदछन । दुवै जनाको आम्दानि राम्रै हुन थाले पछि उनीहरुले छोरालाई गोरखा बोर्डिंग स्कुलमा भर्ना गरिदिएका छन् । तरकारी खेतीले साथ् दिए थोरै जग्गा किनेर आफ्नै घर बनाउने सपना छ उर्मिलाको ।
तरकारी खेति गर्दा कामदारलाई प्रति दिनको ५ सयका दरले ज्याला दिने गर्छु बाकि म आफै काम गर्छु उर्मिलाले भनिन । उर्मिला चौधरीमा निकै जोश छ अब कृषि फर्म दर्ता गरेर तन मन दिएर काम गर्ने सोच रहेको उनले बताईन ।
फुर्सदमा बसेर अरुका कुरा काट्नु भन्दा आफ्नै काममा व्यस्त रहन मन लाग्छ यसो गर्दा थोरै भएनी पैसा आउछ उनको बुझाई छ । केहि दिन अघि उर्मिलाले करिब बाह्र सय टमाटरका बिरुवा पनि रोपेकी छन् ।
उर्मिलाले थोरै लगानीमा तरकारी ब्यबसाय शुरु गरेर अन्य महिलाहरुलाई पनि गर्न सकिने रैछ भन्ने संदेश दिएकी छन् ।
क्याटेगोरी : प्रदेश ५
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस