Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५बाल दिवसको अवसरमा शैक्षिक सामग्री बितरण

बाल दिवसको अवसरमा शैक्षिक सामग्री बितरण


दाङ, राष्ट्रिय बाल दिवसको अवसरमा दाङ्ग सहित देउखुरीका विभिन्न विद्यालयहरुले बाल कार्यक्रम सञ्चालन गरि मनाएका छन् ।

देउखुरीका अधिकांश विद्यालयहरुमा आईवार राष्ट्रिय बाल दिवस सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरि मनाइएको हो । ‘सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ प्रत्येक बालबालिकाको उज्जल भविश्यनै समृद्ध नेपालको आधार बन्न सक्ने कुरामा जोड दिएको थियो ।

यस्तै लमही जेसिजले राष्ट्रिय बाल दिवस अवसरमा अति विपन्न, गरिब तथा जेहनदार छात्राछात्रलाई शैक्षिक सामग्री हस्तान्त्रण गरेको छ ।

आईतवार लमही जेसिजले राष्ट्रिय बाल दिवस अवसरमा मा.वि फल्कापुर विद्यालयका अति विपन्न, गरिब तथा जेहनदार छात्राछात्रलाई दशहजार मूल्य बराबरको शैक्षिक सामग्री हस्तान्त्रण गरेको कार्यक्रम संयोजक तथा लमही जेसिजका उपाध्यक्ष बिमल नेपालीले जानकारी दिएका छन् ।


क्याटेगोरी : प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस