गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ व्यवसायिक भैंसी पालनमा रमाउदै यादव दाजुभाई व्यवसायिक भैंसी पालनमा रमाउदै यादव दाजुभाई प्रिया स्मृती गजमेर भदौ २६, २०७६ गते २१:४७ मा प्रकाशित दाङ, राजपुर गाउपालिका वडा नम्बर दुई बेलाका नन्दराम यादब र तिलक राम यादबलाई यतिबेला भ्याई नभ्याई छ । झन्डै ५ बर्ष अघि यादब भैसी फर्म दर्ता गराएर ब्यबसायिक रुपमा लागेका यादब दाजुभाई संग साना ठुला गरेर उन्तिस वटा मुर्रा जातका भैसी छन् । जस मध्ये दशवटा दुहुना भैसी रहेका छन् ।दश वटा भैसीबाट दैनिक चालिस लिटर दुध बिक्रि हुने गर्दछ । दैनिक दुध बिक्रिबाट सबै खर्च कटाएर मासिक ३५ हजार बचत हुने गरेको नन्दराम यादबले बताए । दाजु नन्दराम यादबले लमहीमा दुध डेरी पसल संचालन गरेका छन् भने भाई तिलकराम यादब भैसीको स्याहार सुसार गर्ने,घास पानी गर्ने,दुध दोएर डेरी सम्म पुर्याउने गर्दछन । चरन र घासको अभाबले यादब दाजु भाई बिगत छ÷सात बर्ष पहिले लमही नगरपालिका वडा नम्बर ६ को मध्यनगरमा बस्दै आएका छन् । भैसीको घासको लागि बार्षिक दश हजार रुपैया तिरेर दश कट्ठा जग्गा भाडामा लिएर घास रोपेको तिलकराम यादबले बताए ।यादब समुदायको भैसी पाल्ने पुर्ख्यौली पेसा हो । परम्परा देखि पाल्दै आईयो उपलब्धि केहि भएन त्यस पछि केहि गर्न पर्छ भन्ने सोच आएर फर्म दर्ता गरियो र ब्यबसायिक रुपमा काम थालनी गरियो जे होस् अहिले यो पेशा ब्यबसायबाट हामी सन्तुस्टी छौ यादब दाजुभाईले भने । भैसी पालन बाटै भएको आम्दानीले लमहीको मध्यनगरमा ५ कट्ठा ५ धुर जग्गा पनि जोडेका छन् ।उनीहरु संग सुरुमा दुई वटा मात्र भैसी थिए र दैनिक चार लिटर दुध बेलाबाट लिएर लमही आउनु पर्दथ्यो । अहिले उनीहरु यो झन्झटबाट मुक्त भएका छन् । यो ब्यबसायबाट दश जनाको परिवार पालिएको छ । सबै परिवारका सदस्य आ–आफ्नो काममा व्यस्त हुन्छौ नन्दराम यादबले भने । दुख गरे अनुशार दुधको मूल्य भने चित्त बुझ्दो नभएको नन्दरामको गुनासो छ । यादब भैसी फर्म दर्ता गराएको झन्डै ५ बर्ष हुन लाग्यो तर राज्यबाट अनुदान पाउन सकिएको छैन नन्दरामले भने । यो चालु आर्थिक बर्षमा अनुदानको लागि लमही नगर पालिका वडा नम्बर ६ को कार्यालयमा निबेदन दिएको उनले बताए ।अहिले किसानबाट बजारमा ५० देखि ५५ रुपैया प्रतिलिटरमा दुध बिक्रि हुने गरेको छ । भने जति दुधको मूल्य नपाउदा किसान मर्का परेको किसानहरु बताउछन । त्यस्तै मध्यनगरमा तिन कट्ठा जग्गा किनेर भैसी पालन गर्नकै लागि राप्ती पारि बेलाबाट गुमती प्रसाद यादब पनि लमहीको मध्यनगर आएका छन् ।उनीहरुसंग अहिले साना ठूला गरेर २० वटा भैसी रहेका छन् । गुमती प्रसादसंग अहिले ६ वटा दुहुना भैसी छन् । उनीहरुले पनि लमहीमा रहेको एक डेरीमा ३० देखि ३५ लिटर दुध बिक्रि गर्ने गरेको यादबले बताए ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्युव्यावसायिक बाख्रापालक महासंघ दाङले मनायो प्रथम बाख्रा दिवस ( यस्तो… धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २डीआईजी अशोक सिंहले दिए राजीनामा ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ८सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ताजा अपडेट कतारबाट एनआरएनए सचीव पदमा टंकप्रसाद गैरेको उम्मेद्बारी घोषणा संबिधानमा नै समावेश गरेर उत्तर कोरियाले आणविक हतियार उत्पादन गर्ने अबको नेतृत्व मध्यपूर्वले पाउनुपर्छ भन्दै कोषाध्यक्ष लोक दाहालद्धारा सचिव पदमा उम्मेदवारी घोषणा एमाले बागमती अधिवेशन : केशवराज पाण्डेले फिर्ता लिए अध्यक्ष पदको उम्मेदवारी मधेस प्रदेशमा आज सार्वजनिक बिदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै आजको मौसम : यी चार प्रदेशमा पानी पर्ने सम्भावना आज इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा