Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५दाङमा सवारी दुर्घटना, तीन घाइते

दाङमा सवारी दुर्घटना, तीन घाइते


दाङ, लमही नगर पालिका वडा न ३ मजगाउमा सवारी दुर्घटना हुदा तीन जना घाइते भएका छन । दुर्घटना आज सोमबार बिहान ३ बजे तिर भएको हो ।

पुर्ब देखि पश्चिम तर्फ गैरहेका ना २ ख ९९२८ नम्बरको ट्रकलाई सोही दिशा बाट आइरहेको भे १ क १३९३ नम्बरको ब्रोईलर चल्ला बोकेको मिनि ट्रक ठोकिन पुग्दा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका चालक जिल्ला बर्दिया ठाकुर बाबा नपा ५ बस्ने बर्ष ३४ का सोम प्रसाद थारु, सोही ठाउ निवासी बर्ष ३० का राम बहादुर चौधरी र बर्ष १३ का कृष्ण थारु रहेका छन । तीन जना मध्य राम बहादुर र कृष्ण थारु गम्भीर घाइते भएका छन ।

घाइतेहरुको अहिले नेपालगन्जमा उपचार भरहेको अस्थाई ट्राफिक प्रहरी पोस्ट लमहीका प्रमुख मोहन कुमार चन्दले जानकारी दिएका छन ।


क्याटेगोरी : प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस