गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ महेन्द्र राजमार्गको खाल्टामा माटो हालेर पुरिदै महेन्द्र राजमार्गको खाल्टामा माटो हालेर पुरिदै प्रिया स्मृती गजमेर भदौ २१, २०७६ गते १७:२५ मा प्रकाशित दाङ, पूर्व मेची देखि पश्चिम महाकाली सम्म जोड्ने देशकै प्रमुख राजमार्गको रुपमा रहेको महेन्द्र राजमार्गको अबस्था निकै दयनिय हुँदा यात्रा गर्ने यात्रुलाई अहिले निकै सास्ती हुने गरेको छ ।देउखुरी क्षेत्रको राजमार्गको अबस्था जर्जर भएकोले दैनिक जसो यो क्षेत्रमा दुर्घटना हुने गरेका छन् । यसै बीच दाङ्गका प्रमुख जिल्ला अधिकारि गोबिन्द प्रसाद रिजाल सहितको टोलीले आज शुक्रबार पूर्व पश्चिम राजमार्गको अर्जुनखोला देखि कौडिया सम्मको खाल्डा खुल्ड़ी माटो हालेर पुर्ने काम सुरु भएको छ ।उक्त अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी रिजालले बढ्दो सडक दुर्घटना न्युनीकरण गर्न सहयोग पुगोस भन्ने उद्देश्यले सडकका खुल्डाखुल्डी पुर्ने अभियानमा लागेका बताएका छन् । यस्तै लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले आफ्ना कर्मचारी र जनप्रतिनिधिहरु लगाएर काम गरेको बताए । दिनहुँ सडक दुर्घटना हुन थालेपछि शुक्रवार दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल सहितको टोली सडकको खाल्डाखुल्डी पुर्ने अभियानमालागेको हो ।दिनहु जसो हुने दुर्घटनालाई केहि हद सम्म कम गर्न सकिन्छ कि भन्ने सोचले निजामती सेवा दिवस २०७६ को अवसरमा जिल्ला प्रशासन कार्यालय दाङ,निजामती कर्मचारीहरुको आधिकारीक टे«डयुनियन दाङ, नेपाल निजामती कर्मचारी युनियन(संघ), नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती दाङ, लमही नगरपालिका, नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाल आर्मी र सडक डिभिजन कार्यालयका कर्मचारीको सहभागितामा पश्चिम अर्जुन खोला देखि लमही नगर पालिकाको कौडिया सम्मको क्षेत्रमा सडक मर्मत तथा खाल्डाखुल्डी पुर्ने अभियान शुरु भएको हो ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल