गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ देउखुरीमा छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु दाङ देउखुरीमा छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु प्रिया स्मृती गजमेर भदौ १७, २०७६ गते १४:२३ मा प्रकाशित दाङ, देउखुरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा चार जनाको ज्यान गएको छ । गएराती लमही भालुबांग सडक खण्ड अन्तर्गत राप्ती गाउपालिका वडा नम्बर ८ पिपरीमा मोटरसाईकल दुर्घटनामा परेर दुई जनाको ज्यान गएको हो ।ज्यान जानेमा लमही नगर पालिका वडा नम्बर ४ गुर्जेहवा निवासी अन्दाजी ३० बर्षिय बिनय चौधरी र घोराही उपमहानगर पालिका वडा नम्बर दश नारायणपुर निवासी छब्बीस बर्षिय बाल कृष्ण भण्डारी रहेका छन् । लमही बाट भालुबांग तर्फ जादै गरेको रा ३ प् २०६१ नम्बरको मोटरसाईकल र पूर्व बाट पश्चिम तर्फ जादै गरेको मोटरसाईकल एक आपसमा ठोकिएको प्रहरीले बताएको छ । एक आपसमा ठोकिएर उछिटिएको रा ३ प् २०६१ नम्बरको मोटरसाईकललाई पश्चिम बाट पूर्व तर्फ गैरहेको ट्रकले किच्दा ज्यान गएको प्रहरीले जनाएको छ ।त्यस्तै लमही नगर पालिका वडा नम्बर ६ देउपुर निवासी बर्ष २६ का जिबन चौधरीको करेन्ट लागेर ज्यान गएको छ । निर्माणाधीन घरमा प्लास्टर गरिरहेको समयमा थ्री फेसको तारमा छुन पुग्दा चौधरीलाई करेन्ट लागेको हो । करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । त्यस्तै लमही नगर पालिका वडा नम्बर २ सोनपुरमा एक बाह्र बर्षिया बालिका सुमिना चौधरीले झुन्डिएर आत्महत्या गरेकी छन् ।उनले के कारणले आत्महत्या गरेकी हुन् भन्ने बारे खुल्न नसकेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिएका छन् ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्युव्यावसायिक बाख्रापालक महासंघ दाङले मनायो प्रथम बाख्रा दिवस ( यस्तो… धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २डीआईजी अशोक सिंहले दिए राजीनामा ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ८सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ताजा अपडेट चितवन युवा समूह कतारको १७ औ अधिवेशन सम्पन्न प्रवासमा कार्यरत नेपाली श्रमिकहरुले चाहे यहि कालमै देश परिवर्तन हुने:लिङ्देन अभिनेता अनमोल केसी पक्राउ सरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता एमाले बागमती अधिवेशन : नेतृत्व चुन्न मतदान सुरु ल्हासाबाट छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन प्रतितोला ८०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?