Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५लमही जेसिसको दुई दिने तिज विशेष कार्यक्रम

लमही जेसिसको दुई दिने तिज विशेष कार्यक्रम


दाङ, लमही जेसिसको अायोजनामा २ दिने तिज विशेष कार्यक्रम आज देखि लमहीमा शुरु भएको छ ।

लमही जेसिसका अध्यक्ष शिव शँकर गुप्ताको अध्यक्षता एवं लमही नगरपालिकाका उपप्रमुख देबका बेलबासेको प्रमुख अातिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेलबासेले महिला दिदि बहिनीहरुको माहन पर्व हरितालिका तिजको अबसरमा शुभकामना ब्यक्त गर्दै पर्वलाई सभ्य भएर मनाउन अाग्रह गरिन । बेलबासेले दिदी बहिनिको पिर बेदना भुल्ने पर्ब रहेको बताउँदै तिजलाई खर्चिलो र भड्किलो नबनाउन समेत आग्रह गरिन् ।

उद्घाटन समारोहमा लमही जेशिशका अध्यक्ष शिबशंकर गुप्ताले नेपाली महिला हरुको महान पर्ब हरितालिका तिजको अबसरमा सबै महिला दिदी बहिनी हरुलाई एकै ठाउँमा जमघट गराउने अबसर पाएकोमा खुसी ब्यक्त गरे ।

कार्यक्रममा गायक कमल खत्रीले प्रस्तुति दिँदै दर्शकलाई नचाएका थिए । सो अबसरमा चौधरी सँस्कृतीको झुम्रा नाच सँगै स्थानिय स्तरका कलाकार हरुले सबैलाई नचाएका थिए । कार्यक्रमको दोस्रो दिन शनिबार गायक दुर्गेश थापाको प्रस्तुती रहेको कार्यक्रमका सँयोजक बिजय पुनले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस