Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५हिन्दुत्व संरक्षण गर्न महिला एक जुट हुनु पर्ने

हिन्दुत्व संरक्षण गर्न महिला एक जुट हुनु पर्ने


दाङ, नेपाली काङ्ग्रेस दाङ्ग क्षेत्र नम्बर एकका क्षेत्रिय सभापती भेषराज पाण्डेयले देशलाई बचाउन र हिन्दुत्वको रक्षागर्न नेपाली महिलाहरु एक जुट हुन आबश्यक रहेको बताएका छन् ।

तिज पर्ब हिन्दु धर्म र सस्कार र सस्कृति सग जोडिएकोले हिन्दुत्व रहेमात्र हिन्दु नेपाली महिलाहरुको महान चाड तिज रहने सभापती पाण्डेको भनाई छ । तिज कार्यक्रमलाई सम्बोधन गर्दै सभापती पाण्डेले लाखौ जनताहरुको स्वास्थ्य सेवा प्राप्तीको थलो राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठान बामपन्थीहरुकै कारण अनिर्णयको बन्दिै जस्तै भएकोले स्वास्थ्य क्षेत्रमा भएको बेथिति अन्त्य गर्न सम्पुर्ण महिलाहरु एक हुन आबश्यक रहेको धारणा व्यक्त गरे ।

जेपी फाउन्डेसन क्षेत्र नम्बर एक को आयोजनामा आज बिहिबार लमहीमा आयोजित शुभकामना आदान प्रदान तथा तिज बिशेष कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सभापती पाण्डेले यस्तो बताएका हुन् । जेपि फाउन्डेन क्षेत्र नम्बर १ का सभापती राज कुमार खड्काको अध्यक्षता तथा नेपाली काग्रेश क्षेत्र नम्बर १ का क्षेत्रिय सभापती भेषराज पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले तिज पर्बलाई नेपालीहरुको मौलिक लोक सस्कृति संरक्षणको पर्बको रुपमा मनाउनु पर्ने बिचार ब्यक्तगरेका छन् ।

नेपाली कांग्रेसका शारदा खड्काको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा जेपी फाउन्डेसनका दाङ जिल्ला अध्यक्ष खगराज पाण्डेय, नेपाली कांग्रेस महिला सघका केन्द्रिय सदस्य गिरिजा देबी न्यौपाने, पुर्ब सांसद शुसिला चौधरी, लमही नगरपालिकाका उप प्रमुख देबका बेलबासे, जेपि फाउन्डेसनका जिल्ला सदस्य लक्ष्मण पबन शर्मा, राप्ति गाउपालिकाका अध्यक्ष नुमानन्द सुबेदी, नेपाल महिला सघ दाङका जिल्ला अध्यक्ष गोमा रावत, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाह, नेपाली कांग्रेसका सपना बिक लगाएतले सुभ कामना व्यक्त गरेका थिए ।

सो अबसरमा जेष्ठ महिला ७९ बर्षिया निमा सुबेदीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रमको सचालन नेपाल महिला सघका क्षेत्रिय सचिब बिना न्यौपाने भुषालले गरेकी थिइन् ।


क्याटेगोरी : प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस