गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ रिहारको कर्मठले मनायो तिज मिलन कार्यक्रम रिहारको कर्मठले मनायो तिज मिलन कार्यक्रम दीप संञ्चार भदौ ११, २०७६ गते १३:२९ मा प्रकाशित दाङ, लमही नगर पालिका वडा नम्बर ९ को आर्थिक सहयोग एवे कर्मठ सामाजिक उद्घमी महिला सहकारी सस्था लिमिटेडको आयोजनामा मंगलबार रिहारमा तिज मिलन कार्यक्रम सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष देबीमाया थापाको सभापतित्व तथा वडा नम्बर ९ का वडा अध्यक्ष भेष बहादुर केसीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । चालु आर्थिक बर्षको कुल बजेटबाट तिज मिलन कार्यक्रम गरिएको वडाध्यक्ष केसीले बताएका छन् । कर्मठ सामाजिक उद्घमी महिला सहकारी संस्था लिमिटेडले आयोजना गरेको कार्यक्रममा बोल्दै वडाध्यक्ष केसीले कुनै पनि चाडलाई बिकृतिको रुपमा मनाउन नहुने भन्दै समाजमा सकारात्मक संदेश दिने गरि चाड मनाउन सबैलाई आग्रह गरेका छन् ।कार्यक्रममा ईलाका प्रहरी कार्यालय अमिलियाका प्रमुख खिम बहादुर घर्ती, नेकपाका लमही इन्चार्ज अम्मर कवर, नेपाली कांग्रेसका वडासभापती गुरुप्रसाद केसी,समाजसेबी खिम बहादुर केसी, तेज बहादुर केसी, बगार बाबा धार्मिक बिकास समितिका अध्यक्ष मेघसिंह पछाई, वडा सदस्य पार्वती बिक, खिम बहादुर योगी लगायतले सुभ कामना मन्तब्य व्यक्त गरेका थिए ।कार्यक्रममा सहभागी भएका अतिथिहरुलाई संस्थाका अध्यक्ष देबीमाया थापाले मायाको चिनो प्रदान गरेकी थिइन् । कार्यक्रमको सहजिकरण पत्रकार प्रिया स्मृती गजमेरले गरेका थिए ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप