Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५प्रधानाध्यापक कस्लाई बनाउने भन्ने बारे बिबादले लाग्यो ताला

प्रधानाध्यापक कस्लाई बनाउने भन्ने बारे बिबादले लाग्यो ताला


दाङ, राजपुर गाउपालिका वडा नम्बर ७ सिक्टामा रहेको माध्यामिक बिद्यालय सिक्टामा प्रधानाध्यापकको जिम्मा कसले लिने भन्ने बारे बिबाद सिर्जना भएको छ ।

बिबाद शुरु भए संगै आज आइतबार अभिभाबक र विद्यार्थीले बिद्यालयको कार्यालयमा ताल लगाएका छन् । बिद्यालय ब्यबस्थापन समिति र शिक्षक बिचको बिबादले पठन पाठनमा समेत प्रभावित भएको बिद्यार्थीहरुले आरोप लगाएका छन् । उक्त बिद्यालयका प्रधानाध्यापक खिम बहादुर बस्नेतको यहि भदौ एक गते देखि अवकाश भएको छ ।

प्रधानाध्यापक बस्नेतले आफ्नो अवकाश हुने समय नजिक आए पछि सोहि बिद्यालयमा अध्यापन गराउने प्राथमिक तहका स्थायी शिक्षक यम बहादुर बस्नेतलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएका थिए । तर बिद्यालय ब्यबस्थापन समितिको बैठकले काजमा सरुवा भएर माध्यामिक बिद्यालय सिक्टामा गएका शिक्षक बिष्णु केसीलाई प्रधानाध्यापकको जिम्मा दिए पछि बिबाद शुरु भएको हो ।

आफु विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा निर्वाचित भए पछि आफुले लागु गरेका निर्णयहरु विद्यालयका शिक्षकहरुले कार्यान्वयन नगरेको कारण र बिद्यालयको सबै पक्ष सुधार गर्नका लागि यस्तो निर्णय गरेको बताए । बिद्यालयमा अध्यापन गराउने शिक्षकहरुले समयको पालना नगरेको, आफु खुशी बिदा बसी दिने गरेको, विद्यालय कक्षा कोठा मै सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेकोले आफुले काजमा सरुवा भएर आएका केसीलाई प्रधानाध्यापकको जिम्मा दिएको अध्यक्ष घन बहादुर ओलीले बताए ।

त्यस्तै विद्यालय ब्यबस्थापन समितिका सदस्य भिम ओलीका अनुसार विद्यालयमा अध्यायापन गराउने केहि शिक्षकका कारण नै विद्यालयको पठन पाठन नै लथालिंग हुन् पुगेकोले आफुहरु बाध्य भएर बिष्णु केसीलाई प्रधानाध्यापकको जिम्मा दिएको बताए । स्थानिय सिता कुमालका अनुसार लामो समय देखि बिद्यालयको सेवा गर्दै आएका शिक्षक देब बहादुर बस्नेत र यम बहादुर बस्नेतलाई प्रधानाध्यापकको जिम्मा दिनु पर्ने भन्दै अध्यक्षले गलत निर्णय गरेको बताईन । ‘यदि बिष्णु केसीलाई नै प्रधानाध्यापकको जिम्मा दिइन्छ भने हामि बिद्यालयमा लगाएको ताला खोल्दैनौ’ कुमालले भनिन् ।

त्यस्तै स्थानिय मिना खडका अनुशार बिद्यालयमा प्रधानाध्यापक राख्दा कसैलाई पनि जानकारी नगराएर राखेको भन्दै आक्रोस पोखेकी छन् । यदि अभिभावक र विद्यार्थीहरुको चाहना बिपरित प्रधानाध्यापक राखियो भने आन्दोनल गर्न समेत तयार भएको खड्काले बताईंन । राजपुर गाउ पालिकाका अध्यक्ष लोकराज केसीले सिनिएरको हिसाबले बिष्णु केसीलाई प्रधानाध्यापकको जिम्मा दिन नमिल्ने भन्दै सिस्टम बाट प्रधानाध्यापक नियुक्ति गर्नु पर्ने बताए । यदि बिद्यालय ब्यबस्थापन समितिले नियम बिपरित निर्णय गरेको खण्डमा तलब रोक्ने बताए ।

त्यस्तै वडा नम्बर ७ का वडा अध्यक्ष भिम बहादुर खड्काले ब्यबस्थापन समितिका अध्यक्षले आफुले यस्तो निर्णय नगर्न भन्दा भन्दै निर्णय गरेको बताए । ब्यबस्थापन समितिको बैठकमा आफु सहभागी भए पनि केसीलाई प्रधानाध्यापक राख्ने बारेमा निर्णय पुस्तिकामा हस्ताक्षर नगरेको उनले बताए ।


क्याटेगोरी : प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस