Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५मेटरसाईकल ठक्कर दिएर भागेका चालक प्रहरीको नियन्त्रणमा

मेटरसाईकल ठक्कर दिएर भागेका चालक प्रहरीको नियन्त्रणमा


दाङ, मोटरसाइकललाई ठक्कर दिएर भाग्ने ट्रक पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नम्बर ११ स्थायी घर भएका चालक रामचन्द्र रानाभाटलाई ईलाका प्रहरी कार्यालय अमिलियाले नियन्त्रणमा लिएको छ ।

लमही नगर पालिका वडा न ८ स्थित पाण्डबेश्वर बलुवा प्रशोधन कम्पनीमा लुकाएर राखेको अबस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी बिनोद बिक्रम शाहले जानकारी दिए ।

लमही नगर पालिका वडा नम्बर ९ रिहार नजिकै आज शनिबार घोराही बाट नेपालगन्ज तर्फ जाँदै गरेको रा ३ प ११३१ नम्बरको मोटरसाइकललाई पश्चिम बाट पुर्ब तर्फ जाँदै गरेको ना ६ ख ३४०३ नम्बरको ट्रकले ठक्कर दिएर भागेको थियो ।

ट्रकको ठक्कर बाट नेपालगन्ज उपमहानगर पालिका वडा न.४ बस्ने बर्ष ४५ का रमेश बस्नेत र घोराही उपमहानगर पालिका वडा न. ५ धर्ना निवासी ४२ बर्षिय बिनोद बस्नेतको ज्यान गएको थियो ।


क्याटेगोरी : प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस