Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५राप्तीमा बगेर एक बृद्द बेपत्ता

राप्तीमा बगेर एक बृद्द बेपत्ता


दाङ, लमही नगरपालिका वडा नम्बर ९ तरुलिया निवासी बर्ष बयासिका झुपलाल नेपाली राप्ति नदीमा बगेर बेपत्ता भएका छन् ।

आज दिउसो सोहि वडाको कोल्तरा बाट तरुलिया फर्किने क्रममा राप्ती नदि तर्न खोज्दा राप्तीले बगाएको स्थानीयले बताएका छन् ।

नेपालीले राप्ती तर्न लाग्दा बगेको स्थानीयले देखे पछी प्रहरीलाई खबर गरेका थिए । यो घटना दिउसो करिब एक बजे तिर घटेको थियो . नेपाली अहिले सम्म फेला नपरेको वडा नम्बर ९ कि वडा सदस्य पार्वती विश्वकर्माले जानकारी दिएकी छन् ।

नेपालीको खोजीमा अहिले स्थानिय संगै ईलाका प्रहरी कार्यालय अमिलिया बाट प्रहरी घटनास्थलमा गएको बताईएको छ ।


क्याटेगोरी : प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस