गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ कपिलवस्तु र दाङका गाँउपालिका अध्यक्षद्वयको गाडीमा एकै रात अज्ञात समुहद्वारा आगजनी कपिलवस्तु र दाङका गाँउपालिका अध्यक्षद्वयको गाडीमा एकै रात अज्ञात समुहद्वारा आगजनी प्रिया स्मृती गजमेर साउन २६, २०७६ गते ९:११ मा प्रकाशित दाङ, कपिलवस्तु र दाङमा अज्ञात समुहले गाडीमा आगजनी गरेको छ ।दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने गाडी र कपिलवस्तुमा मायादेवी गाउँपालिका अध्यक्षको गाडीमाथि एकै रात आगजनी भएको छ ।दाङमा गएराति करिव १२:४५ काे समयमा अागजनि भएकाे हुन सक्ने अनुमान गरीएकाे छ । अगजनी बाट रा १ झ १५२ नम्बरको गाडी पूर्ण रुपमा जलेर नस्ट भएकाे छ । गाडिमा लागेकाे अागाे ईलाका प्रहरी कार्यालय कमिरेचाैरबाट गएको प्रहरी प्रमुख गाेपाल प्रसाद शर्माकाे कमाण्डमा खटीएकाे प्रहरी टाेली र स्थानीयले नियन्त्रणमा लिएकाे शर्माले बताए ।बंगलाचुली गाँउपालिका वडा नं.५ काे कार्यालय प्राङ्गण मुर्कुटीमा पार्किङ गरि राखीएकाे गाडीमा अागजनी भएकाे गाउपालिकाका प्रेस सल्लाहकार जीवन नेपाली ले जानकारी दिएका छन ।त्यस्तै कपिलवस्तुमा मायादेवी गाउँपालिकाका प्रमुख बजरंगी चौधरी चढ्दै आएको गाडीमाथि आगजनी भएको हो । लु. १ झ ४०० नं. को सरकारी गाडीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।सदरमुकाम तौलिहवा स्थीत उनको भाडामा लिइएको निवास परिसरमा पार्किङ गरेर राखेको गाडीमा राती करिब साढे १० बजेतिर अज्ञात समुहले आगजनी गरेको प्रहरीले जनाएको छ ।उक्त गाडीमा कसले र किन आगजनी गर्यो थाहा हुन नसकेको र घटनाको अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।गाडीमा आगजनी भएपछि कपिलवस्तु नगरपालिकाबाट गएको दमकलले आगो निभाएको थियो । आगजनीबाट गाडी जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप