Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५विद्यालयको सार्वजनिक सुनुवाई स्थगित, विद्यालय र व्यवस्थापन समीती वीच आरोप प्रत्यारोप

विद्यालयको सार्वजनिक सुनुवाई स्थगित, विद्यालय र व्यवस्थापन समीती वीच आरोप प्रत्यारोप


दाङ, विद्यालयको शैक्षिक सुधार, भौतिक निर्माण गर्नका लागि राप्ती सोनारी गाउपालिका वडा नम्बर १ मा रहेको सिद्धेशवर महादेव विद्यालय लौकी बर्दपुरले आयोजना गरेको महायज्ञ नै विवादित बन्न पुगेको छ ।

विद्यालयले महायज्ञमा संकलन भएको रकमको सार्बजनिक सुनुवाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहित सदस्यहरुले बहिस्कार गरेपछि कार्यक्रम स्थगित भएको हो । २०७६ जेष्ठ सात देखि सोह्र गते सम्म विद्यालयले महायज्ञको आयोजना गरेको थियो ।

उक्त महायज्ञबाट उक्त तिस लाख बैसट्ठी हजार सात सय अठासी रुपैया असि पैसा संकलन भएको थियो । जस मध्य बिभिन्न शिर्षकमा रकम खर्च भएर अहिले सात लाख पन्ध्र हजार चार सय सन्तानब्बे रुपैया विद्यालयको खातामा रहेको विद्यालयका प्रधानाध्यापक दोर्ण ओलीले बताए । महायज्ञ शुरु हुदा र सम्म्पन्न हुँदा सम्म विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक वीच सम्बन्ध राम्रै थियो तर जब महायज्ञको कार्यक्रम सकिए पछि हिसाब किताब सार्बजनिक गर्ने र बिल भर्पाई मिलाउने कुरामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम बस्नेत राजुले बिद्यालयका लेखापाल तिर्था कुमारी बस्नेतलाई रकम कति संकलन भएको छ भनेर प्रश्न गर्दा लेखापाल बस्नेतले तपाईलाई कति पटक भन्नु पर्छ रकम यति संकलन भएको छ भनेर ठाडो जवाफ दिएको बताए ।

लेखापाल बस्नेतले ठाडो जवाफ दिए पछि हामी लेखापालको बिकल्प खोज्न तर्फ लाग्यौ जसले गर्दा विद्यालय परिवार एकातिर हामी अर्को तिर भयौ र बिबाद शुरु भयो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बस्नेतले भने । विद्यालयमा महायज्ञ समापन भैसके पछि प्रधानाध्यापक दोर्ण ओली र लेखापाल तिर्था कुमारी बस्नेत मात्र बसेर हिसाब मिलान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बस्नेतको आरोप छ ।

“लाखौको कारोबार भएको कार्यक्रमको विद्यालय व्यवस्थापन समितिलाई बाइपास गरेर मनोमानी तरिकाले वील भरपाई मिलान गरेको पाइयो त्यसैले हामीले सार्वजनिक सुनुवाई बहिस्कार गरेका हौं’ अध्यक्ष बस्नेतले भने । यता विद्यालयका प्रधानाध्यापक दोर्ण ओलीका अनुशार पटक पटक हिसाब सार्बजनिक गरौं भनेर मैले अध्यक्षलाई बोलाए तर आउन नै  मान्नु भएन । “हामीले महायज्ञका सामान किन्दा अध्यक्ष सङ सङै भएर उहाकै नेतृत्वमा किनेका हौ तर के मानेमा उहाँको चित्त बुझेन त्यो मलाई थाह भएन” प्रअ ओलिले बताए ।

यता अध्यक्षलाई पटक पटक सल्लाह दिएको, मासमा उपस्थित भएर वास्तविक बोल्नु पर्छ जानु पर्छ भनेर मैले पनि उहाँलाई आग्रह गरेको हुँ तर मान्नु भएन विद्यालय व्यवस्थापन समितिका सदस्य टेकबहादुर बिकले बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका एक जना सदस्य बाहेक अन्य कोहि पनि उपस्थित भएका थिएनन ।

त्यस्तै विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक वीच भएको मनमुटावले विद्यालयको शिक्षिक स्तर खस्किने भन्दै अभिभावकले चिन्ता व्यक्त गरेका छन् । त्यस विद्यालयमा सैयौको संख्यामा बालबालिका अध्ययनरत छन् । “विद्यालय हाता भित्रको प्रशासन हेर्ने जिम्मा प्रधानाध्यापकको हो र बाहिरको व्यवस्थापन हेर्ने जिम्मा विद्यालय व्यवस्थापन समितिका अध्यक्षको हो तर खै के कारण बिबाद हुन्छ हामी पनि अचम्म परेका छौ” अभिभावक खेमकान्त बस्नेतले भने ।

यसरी विद्यालय जस्तो क्षेत्रमा राजनीतिक नगर्न अनुरोध गर्दै आपसी समझदारीमा अगाडी बढ्न अभिभावकले दुबै पक्षलाई सुझाब दिएका छन् । आज शनिबार आयोजना गरेको सार्बजनिक सुनुवाई कार्यक्रमको प्रमुख अतिथि समेत रहेका राप्ती सोनारी गाउपालिकाका अध्यक्ष लाहुराम थारुसंग विद्यालयको बिबाद सुल्झाउन स्थानीयले आग्रह गरेका छन् । अध्यक्ष थारुले उक्त विद्यालयमा के कारण बिबाद भएको हो यो बारेमा आफुलाई कुनै जानकारी नभएको बताए ।

कार्यक्रमस्थलमा आए पछि मात्र थाहा भयो उनले भने । बालबालिकाको भबिष्य नै अन्यौलमा पारेर विद्यालयलाई अस्तव्यस्त गर्न नपाईने भन्दै गाउपालिकाका अध्यक्ष थारुले दुवै पक्षलाई सहमतिको बाटो रोज्न आग्रह गरेको बताए ।


क्याटेगोरी : प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस