गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ कांग्रेसले वडास्तरीय प्रशिक्षण गर्ने दाङ कांग्रेसले वडास्तरीय प्रशिक्षण गर्ने प्रिया स्मृती गजमेर साउन २३, २०७६ गते २१:०८ मा प्रकाशित दाङ, नेपाली काङ्ग्रेस दाङ्ग क्षेत्र नम्बर एकको कार्य समिति बैठक आज बिहिबार लमहीमा सम्पन्न भएको छ । क्षेत्रीय सभापती भेषराज पाण्डेको सभापतित्व तथा नेपाली कांग्रेसकी केन्द्रिय सदस्य शिला शर्मा खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको बैठकले महत्वपूर्ण निर्णयहरु पारित गरेको छ ।आज सम्पन्न भएको बैठकले क्षेत्र नम्बर एक भित्रका सबै वडामा वडा स्तरीय प्रशिक्षण गर्ने, आगामी भदौ आठ गते बिहान एघार बजे गढवा गाउपालिकाको सिपि हलमा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने र मुआब्जा वितरणमा विभेद भएको प्रति आपत्ति जनाउदै आन्दोलन गर्दै आईरहेका लमही नगर पालिका वडा नम्बर चार सेम्रहवाका स्थानीयको आन्दोलनमा एक्क्यबद्दता जनाउने निर्णय गरेको सभापती भेषराज पाण्डेले जानकारी दिएका छन् ।आज केन्द्रिय सदस्य शिला शर्माको उपस्थितिमा सम्पन्न भएको कार्यसमिति बैठकले सेम्रहवाका स्थानीयले उठाएको माग जाहेज भएको ठहर गर्दै समयमै उनीहरुको मागलाई सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । त्यस्तै बैठकले गढवा गाउपालिका वडा नम्बर एक निवासी नेपाली कांग्रेसका क्रियासिल सदस्य प्रेम बहादुर थापा र वडा नम्बर पाच निवासी नेपाली कांग्रेसका क्रियासिल सदस्य तथा ईकाई सल्लाहकार बिष्णु भण्डारीको निधनप्रति दुख ब्यक्त गर्दै समबेदना व्यक्त गर्ने निर्णय गरेको छ ।कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिला शर्मा खड्का, पूर्व सांसद योगेन्द्र चौधरी,महासमिति सदस्य जानकी लाल बस्नेत, अनुराग यादब, महाधिबेशन प्रतिनिधि रेशम बहादुर खड्का, महिला नेत्री शकुन्तला डिसी लगायतको सहभागिता रहेको थियो ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्युव्यावसायिक बाख्रापालक महासंघ दाङले मनायो प्रथम बाख्रा दिवस ( यस्तो…एनएलजी ईन्स्योरेन्सको आयोजनामा ३ दिने कृषि तथा पशु बिमा तालिम…तुल्सीपुरको लक्ष्मीवास सहकारी संस्था र USAID को साझेदारीमा वित्तीय साक्षरता… धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले लिए शपथ ग्रहण युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमा देश विभाजित – जेलेन्स्की विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामा संसदमा विचाराधीन नागरिकता विधेयकलाई टुंगोमा पुर्याउने सरकारको नीतिको एनआरएनएद्वारा स्वागत बालेनको जित निश्चित ! काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी युएईमा २९ वर्षीया अफ्रिकी महिलामा मंकीपक्स देखीयो मेक्सिकोमा बन्दुकधारीको हमलामा १० जनाको मृत्यु