गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ कांग्रेसले वडास्तरीय प्रशिक्षण गर्ने दाङ कांग्रेसले वडास्तरीय प्रशिक्षण गर्ने प्रिया स्मृती गजमेर साउन २३, २०७६ गते २१:०८ मा प्रकाशित दाङ, नेपाली काङ्ग्रेस दाङ्ग क्षेत्र नम्बर एकको कार्य समिति बैठक आज बिहिबार लमहीमा सम्पन्न भएको छ । क्षेत्रीय सभापती भेषराज पाण्डेको सभापतित्व तथा नेपाली कांग्रेसकी केन्द्रिय सदस्य शिला शर्मा खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको बैठकले महत्वपूर्ण निर्णयहरु पारित गरेको छ ।आज सम्पन्न भएको बैठकले क्षेत्र नम्बर एक भित्रका सबै वडामा वडा स्तरीय प्रशिक्षण गर्ने, आगामी भदौ आठ गते बिहान एघार बजे गढवा गाउपालिकाको सिपि हलमा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने र मुआब्जा वितरणमा विभेद भएको प्रति आपत्ति जनाउदै आन्दोलन गर्दै आईरहेका लमही नगर पालिका वडा नम्बर चार सेम्रहवाका स्थानीयको आन्दोलनमा एक्क्यबद्दता जनाउने निर्णय गरेको सभापती भेषराज पाण्डेले जानकारी दिएका छन् ।आज केन्द्रिय सदस्य शिला शर्माको उपस्थितिमा सम्पन्न भएको कार्यसमिति बैठकले सेम्रहवाका स्थानीयले उठाएको माग जाहेज भएको ठहर गर्दै समयमै उनीहरुको मागलाई सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । त्यस्तै बैठकले गढवा गाउपालिका वडा नम्बर एक निवासी नेपाली कांग्रेसका क्रियासिल सदस्य प्रेम बहादुर थापा र वडा नम्बर पाच निवासी नेपाली कांग्रेसका क्रियासिल सदस्य तथा ईकाई सल्लाहकार बिष्णु भण्डारीको निधनप्रति दुख ब्यक्त गर्दै समबेदना व्यक्त गर्ने निर्णय गरेको छ ।कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिला शर्मा खड्का, पूर्व सांसद योगेन्द्र चौधरी,महासमिति सदस्य जानकी लाल बस्नेत, अनुराग यादब, महाधिबेशन प्रतिनिधि रेशम बहादुर खड्का, महिला नेत्री शकुन्तला डिसी लगायतको सहभागिता रहेको थियो ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट