Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठप्रदेश खबरप्रदेश ५काठ तस्करहरुको नयाँ रुप, जमुनमुनि गाडिएका सालको काठ बरामद

काठ तस्करहरुको नयाँ रुप, जमुनमुनि गाडिएका सालको काठ बरामद


दाङ, राजपुर गाउपालिका वडा नम्बर चारमा रहेको रामजानकी सामुदायिक बन क्षेत्र भित्र जमिनमा गाडेर राखेको अबस्थामा एघार थान सालका घप्पू फेला परेको छ ।

सामुदायिक बनका अध्यक्ष हिरालाल यादबले जमिनमा गाडेर राखेको ति काठको बारेमा सुचना पाए पछि प्रहरी र बन कार्यालयका कर्मचारीलाई खबर गरेका थिए । देउखुरी बन डिभिजन कार्यालय लमहीबाट सहायक बन अधिकृत लालबाबु यादबको नेतृत्वमा गएको टोलि र प्रहरीले जमिनमुनि गाडेर राखेका घप्पू बरामद गरेको हो ।

उक्त घटनामा स्थानियकै हात रहेको हुन सक्ने सामुदायिक बनका अध्यक्ष हिरालाल यादबले दाबी गरेका छन् । घटनाको अनुसन्धान जारि रहेको र दोषी पत्ता लागे बन ऐन अनुशार कारबाही गरिने देउखुरी बन डिभिजन कार्यालय लमहीका सहायक बन अधिकृत लालबाबु यादबले बताएका छन् ।


क्याटेगोरी : प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस