जिर्ण बन्दै दाङको राप्ती पुल
दाङ, लमही कोइलाबास सडकखण्डमा पर्ने राप्ती पुल दिन प्रतिदिन जिर्ण बन्दै गएको छ । राप्ती नदीमा रहेको यस पुलको दायांबायांबाट नदिजन्य पदार्थ उत्खनन गर्दा, क्षमता भन्दा बढी लोड भएका सवारी गुड्दा पुललाई प्रत्यक्ष असर पुगेको हो । पुलनै जोखिममा परे पनि यसको समाधानका लागि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।
जिर्ण बन्दै गएको पुल पुनर्निर्माण गर्नका लागि यहांका स्थानीयले राज्यलाई आग्रह गर्दा कतैबाट सुनुवाई नभएको गढवा गाउ पालिका वडा नम्बर ५ का रामबरण यादबले बताए । राज्यबाट आएको रकमले काम नहुदा पुल संगै आसपासका बस्ति डुबानको जोखिममा परेका छन् ।
राप्ती नदीको पूर्व दक्षिण तर्फ तटबन्ध गर्ने भनेर राज्यले बजेट बिनियोजन त् गर्यो तर उक्त काम गर्नलाई जिम्मा पाएको निर्माण कम्पनीले काम नगर्दा पुल भन्दा दक्षिणबाट राप्ती नदि पस्ने सम्भाबना बढ्दै गएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य स्वर्गीय खुम बहादुर खड्काको चिनोको रुपमा देउखुरीबासीले यस पुललाई लिने गर्दछन तर पछिल्ला दिनहरुमा संरचना नै ध्वस्त हुने गरि नदि जन्य पदार्थको उत्खनन भएपछी यो पुल पनि भत्किने होकी भन्ने देउखुरीबासीको चिन्ताको बिषय बनेको छ ।
२०५६ सालमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य स्वर्गीय खुम बहादुर खड्काले राप्ती नदीमा पक्की पुलको शिलान्यास गरेका हुन् । राप्ती नदीमा पुल बनेपछि कोइलाबास हुदै भारत सम्म जान र आउन समेत सहज भएको छ । दाङ्गबाट नेतृत्व गर्ने थुप्रै नेताले राप्ती नदीमा पक्कि पुलको आश्वासन दिए तर काम कसैले गरेनन अन्तिममा नेता खड्काले दक्षिण देउखुरीसंग जोड्नका लागि राप्ती नदीमा पुल निर्माणका लागि महत्वपूर्ण भूमिका खेले र जसका कारण राप्ती नदीमा पक्कि पुल बन्यो ।
पुलको धेरै ठाउँमा कालोपत्रे उप्किएर खाल्डाखुल्डी परेका छन् भने,पुलका नट बोल्ड खुकुला भएका छन् । पुल निर्माणमा प्रयोग भएका फलामका सामाग्रीमा खिया लागेका छन । यस बारेमा स्थानीय निकायलाई बारम्बार जानकारी गराउँदा पनि चासो नदिएको लमही कोइलाबास हुलाकी सडक सहयोग समन्वय समितिका संयोजक भेषराज पाण्डेले बताए ।
राप्तीको पुल एकतर्फी लेन हो जसका कारण दुई तिरबाट सवारी साधन आउन जान सक्दैनन् । बुढो हुदै गएको उक्त पुल माथि ओभर लोड गाडीहरुको कारण झनै जिर्ण बन्दै गएको लमही नगर पालिका वडा न ४ का लाल बहादुर चौधरीले बताए । अठार मेट्रिक टन भन्दा बढी लोड हुने सवारी साधन चलाउन नपाईने भएता पनि ओभर लोड भएका सवारी साधन धमाधम गुडिरहेका हुन्छन ।
यसै बीच जिर्ण बन्दै गएको राप्ती पुलको चौतर्फी गुनासो आउन थाले पछि हुलाकी सडक निर्माण गरिरहेको निर्माण कम्पनीलाई राप्ती पुलको मर्मत गर्न दाङ्गका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले निर्देशन दिएको बताए । हुलाकी सडक निर्माण गरिरहेको निर्माण कम्पनी कालिका कुमार जेभीका राजेन्द्र श्रेष्ठले सडकमा पिचको काम सुरु भएपछि पुल मर्मत गर्ने प्रतिबद्घता जनाएको प्रमुख जिल्ला अधिकारि रिजालले बताए ।
क्याटेगोरी : प्रदेश ५
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस