गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ लमही क्षेत्रमा चोरीका घटना घट्दै लमही क्षेत्रमा चोरीका घटना घट्दै प्रिया स्मृती गजमेर साउन ९, २०७६ गते १७:०९ मा प्रकाशित दाङ, अन्य बर्षको तुलनामा लमही क्षेत्रमा चोरीका घटना घट्दो क्रममा रहेको पाइएको छ । बितेको आर्थिक बर्ष २०७५/७६ मा एकवटा मात्र चोरीको घटना मुद्घा शाखामा दर्ता भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक पुराण मल्लले बताए ।२०७५ माघ महिनामा लमही बजारमा एउटा सुनचादी पसल बाट एक तोला सुनको सिक्री चोरेर भाग्दै गर्दा लमही नगर पालिका वडा नम्बर ६ देउपुर निवासी बर्ष २३ का दिपक चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । चौधरी उक्त सुनचादी पसलमा जादा ग्रहाक भएर गएको र संचालकल संग सुनको सिक्री देखाउन भनेका थिए,संचालक अन्य ग्राहक संग कुराकानी गरिरहेको मौका पारेर चौधरी सिक्री लगेर भागेका थिए । चौधरीलाई चोरीको आरोपमा चौधरीलाई दाङ्ग देउखुरी अदालतले एक बर्ष कैद सजाय र दश हजार रुपैया जरिवाना तोकेको छ । अहिले चौधरी जिल्ला कारागार घोराहीमा कैदी जिबन बिताई रहेका छन् । यो भन्दा अघिल्लो बर्षमा लमही क्षेत्रमा चोरले स्थानीयको निद हराम गरेका थिए ।प्रहरी नायब निरीक्षक मल्लका अनुशार चोरीमा प्राय बालबालिका संलग्न भएकोले आफुहरुलाई कारबाहीका लागि गाह्रो भएको बताए । उमेर नपुगेका बालबालिकालाई कानुनले पनि छुट दिएकोले समस्या भएको उनको भनाई छ । चोरीमा संलग्न हुने उमेर नपुगेका बालबालिकाका लागि कस्ता सजाय दिने भनेर छुट्टाएको छ । दश बर्ष मुनिका बालबालिकाले अपराध गरेमा कानुन नलाग्ने,दश देखि चौध बर्ष सम्म उमेरका बालबालिकाले अपराध गरे बढीमा आधा सजाय हुने र सजाय नदिएर एक बर्ष सम्म सुधार गृहमा राख्न सकिने प्राबधान रहेको छ । त्यस्तै चौध देखि सोह्र बर्ष सम्म उमेरका बालबालिकाले अपराध गरे उनीहरुले पाउने सजायको आधा पाउने र सोह्र देखि अठार बर्ष सम्म उमेरकाले अपराध गरेमा तिन भागको एक भाग सजाय पाउने ब्यबस्था रहेको मल्लले बताए । मल्लका अनुशार हामि रातै भरि गस्तीमा रहने,रातिमा हिड्ने अपरिचित मान्छेलाई सोधपुछ गर्ने गरेको बताए,जसले गर्दा पहिलेको तुलनामा चोरीका घटना हुन् नपाएको उनको दाबि छ ।लमही क्षेत्रमा चोरीका घटना नघट्नुको मुख्य कारण हो अहिले वडा प्रहरी कार्यालय लमहीले बिभिन्न किसिमका सचेतना कार्यक्रम गरिरहेको छ । प्रहरीले यहाका स्थानीय ब्यापारी,उधोग बाणिज्य संघ,रातीमा प्रहरी गस्ती निरन्तर गर्दा यस क्षेत्रमा चोरीको घटना नघटेको देउखुरी उधोग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले बताए । शुरु शुरुमा दिउसै लमही क्षेत्रमा चोरी हुने गर्दथ्यो तर अहिले प्रहरीको सक्रियता लामो समय भयो कहिँ कतै चोरी भयो रे भनेर सुन्न परेको छैन ,लमही बजारकी किराना ब्यबसायी सहाना श्रेष्ठले बताईन । पछिल्लो समयमा लमही आसपासका क्षेत्रमा चोरीका घटना भएको छैन ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्युव्यावसायिक बाख्रापालक महासंघ दाङले मनायो प्रथम बाख्रा दिवस ( यस्तो… धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २डीआईजी अशोक सिंहले दिए राजीनामा ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाली महिला समाज कतारले ११३औं अन्तर्राष्ट्रिय नारी दिवस भब्य रुपमा मनाउदै ५नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ६नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ७हिन्दू ग्रन्थहरूको सर्वोच्च खलनायक रावण, के अर्थ लाग्छ रावणका दश टाउकाको ? ८सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ताजा अपडेट मधेस प्रदेशमा आज सार्वजनिक बिदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै आजको मौसम : यी चार प्रदेशमा पानी पर्ने सम्भावना आज इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान हुदैँ एनआरएनए अध्यक्षका उम्मेद्बार राजेन्द्र कुमार शर्माद्वारा २४ बुँदे घोषणापत्र सार्वजनिक संखुवासभाका कांग्रेस जिल्ला सभापति खड्काले दिए राजीनामा स्वास्थ्यकर्मीमाथि आक्रमण गरे कारबाही हुन्छ : गृह मन्त्रालय