गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ लमही क्षेत्रमा चोरीका घटना घट्दै लमही क्षेत्रमा चोरीका घटना घट्दै प्रिया स्मृती गजमेर साउन ९, २०७६ गते १७:०९ मा प्रकाशित दाङ, अन्य बर्षको तुलनामा लमही क्षेत्रमा चोरीका घटना घट्दो क्रममा रहेको पाइएको छ । बितेको आर्थिक बर्ष २०७५/७६ मा एकवटा मात्र चोरीको घटना मुद्घा शाखामा दर्ता भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक पुराण मल्लले बताए ।२०७५ माघ महिनामा लमही बजारमा एउटा सुनचादी पसल बाट एक तोला सुनको सिक्री चोरेर भाग्दै गर्दा लमही नगर पालिका वडा नम्बर ६ देउपुर निवासी बर्ष २३ का दिपक चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । चौधरी उक्त सुनचादी पसलमा जादा ग्रहाक भएर गएको र संचालकल संग सुनको सिक्री देखाउन भनेका थिए,संचालक अन्य ग्राहक संग कुराकानी गरिरहेको मौका पारेर चौधरी सिक्री लगेर भागेका थिए । चौधरीलाई चोरीको आरोपमा चौधरीलाई दाङ्ग देउखुरी अदालतले एक बर्ष कैद सजाय र दश हजार रुपैया जरिवाना तोकेको छ । अहिले चौधरी जिल्ला कारागार घोराहीमा कैदी जिबन बिताई रहेका छन् । यो भन्दा अघिल्लो बर्षमा लमही क्षेत्रमा चोरले स्थानीयको निद हराम गरेका थिए ।प्रहरी नायब निरीक्षक मल्लका अनुशार चोरीमा प्राय बालबालिका संलग्न भएकोले आफुहरुलाई कारबाहीका लागि गाह्रो भएको बताए । उमेर नपुगेका बालबालिकालाई कानुनले पनि छुट दिएकोले समस्या भएको उनको भनाई छ । चोरीमा संलग्न हुने उमेर नपुगेका बालबालिकाका लागि कस्ता सजाय दिने भनेर छुट्टाएको छ । दश बर्ष मुनिका बालबालिकाले अपराध गरेमा कानुन नलाग्ने,दश देखि चौध बर्ष सम्म उमेरका बालबालिकाले अपराध गरे बढीमा आधा सजाय हुने र सजाय नदिएर एक बर्ष सम्म सुधार गृहमा राख्न सकिने प्राबधान रहेको छ । त्यस्तै चौध देखि सोह्र बर्ष सम्म उमेरका बालबालिकाले अपराध गरे उनीहरुले पाउने सजायको आधा पाउने र सोह्र देखि अठार बर्ष सम्म उमेरकाले अपराध गरेमा तिन भागको एक भाग सजाय पाउने ब्यबस्था रहेको मल्लले बताए । मल्लका अनुशार हामि रातै भरि गस्तीमा रहने,रातिमा हिड्ने अपरिचित मान्छेलाई सोधपुछ गर्ने गरेको बताए,जसले गर्दा पहिलेको तुलनामा चोरीका घटना हुन् नपाएको उनको दाबि छ ।लमही क्षेत्रमा चोरीका घटना नघट्नुको मुख्य कारण हो अहिले वडा प्रहरी कार्यालय लमहीले बिभिन्न किसिमका सचेतना कार्यक्रम गरिरहेको छ । प्रहरीले यहाका स्थानीय ब्यापारी,उधोग बाणिज्य संघ,रातीमा प्रहरी गस्ती निरन्तर गर्दा यस क्षेत्रमा चोरीको घटना नघटेको देउखुरी उधोग बाणिज्य संघका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले बताए । शुरु शुरुमा दिउसै लमही क्षेत्रमा चोरी हुने गर्दथ्यो तर अहिले प्रहरीको सक्रियता लामो समय भयो कहिँ कतै चोरी भयो रे भनेर सुन्न परेको छैन ,लमही बजारकी किराना ब्यबसायी सहाना श्रेष्ठले बताईन । पछिल्लो समयमा लमही आसपासका क्षेत्रमा चोरीका घटना भएको छैन ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति