Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५रासायनिक मलको अभाब हटाउन दाङ कांग्रेसको ज्ञापन पत्र

रासायनिक मलको अभाब हटाउन दाङ कांग्रेसको ज्ञापन पत्र


दाङ, नेपाली कांग्रेस दाङ्गले रासायनिक मल किसानलाई उपलब्ध गराउन आज दाङ्गका दश वटै स्थानिय तहमा ज्ञापन पत्र बुझाएको छ ।

बर्तमान सरकारले खेतीकिसानी गरेरे जिबिका चलाउने किसानलाई खेतीको सिजनमा मलको अभाब गराएर भोकमरी सिर्जना गर्न खोजेको भन्दै ज्ञापनपत्र बुझाएको हो । नेपाली कांग्रेस दाङ्ग क्षेत्र नम्बर एकका सभापती भेषराज पाण्डेको नेतृत्वमा गढवा गाउपालिका, लमही नगर पालिकामा क्षेत्र नम्बर एकका सचिब हरिहर शर्मा घिमिरे, राजपुर गाउपालिकामा साबिक बेला गाबिसका ईकाई सभापती शरद कुमार बुढाथोकी, राप्ती गाउपालिकामा दुर्योधन पाण्डेको नेतृत्वमा चारवटै स्थानिय तहका प्रमुखलाई ज्ञापन पत्र बुझाईएको हो ।

ज्ञापन पत्र बुझ्दै राजपुर गाउपालिकाका अध्यक्ष लोकराज केसीले किसानलाई मध्यनजर गर्दै तत्काल भन्दा तत्काल रासायनिक मल उपलब्ध गराउने प्रतिबद्दता व्यक्त गरे । खेती गर्ने समयमा किसानलाई मल उपलब्ध गराउन नसक्नु दुखद भएको भन्दै जति सक्यो छिटो यो समस्या हल गर्ने अध्यक्ष केसीले बताए । त्यस्तै गढवा गाउपालिकाका अध्यक्ष सहजराम यादबले ज्ञापन पत्र बुझ्दै आफु पनि किसानकै छोरा भएकोले यो समस्या राम्ररी बुझेको बताए । नचाहेर पनि किसानलाई समयमा रासायनिक मल उपलब्ध गर्न नसक्दा आफु किसानको नजरमा नराम्रो भएको बताए । अध्यक्ष यादबले किसान दाजुभाईलाई केहि दिन धैर्य गर्न पनि आग्रह गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले आफुहरु कृषकले मल नपाउदा चिन्तीत रहेको र आवस्यकता अनुसार रासायनिक मलको उपलब्धताका लागि पहल गरिरहेको बताए । लमही नगरपालिकामा बुझाईको ज्ञापनपत्रमा नगरपालिकाबाट दिईने सेवा प्रभाबकारी नभएको, बजेट फ्रिज भएको सम्बन्धमा, मुआब्जा वितरणमा विभेद गरेको, नगर भित्रका सडक मर्मत नगरेको, लमही अस्पताल अस्तव्यस्त हुनु,डुबान क्षेत्रमा परिपक्क काम नगरेको, शिक्षा क्षेत्रमा चरम लापरबाही गरेको र भ्रस्टाचार बढ्दै जादा नियमन गर्न नसक्नु जस्ता बिषय रहेका छन् । लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर केसीले पनि युरिया मलको अभाब नभएको तर डिएपी मल भने देशब्यापी रुपमै समस्या भएको बताए ।

बजारमा रासायनिक मलको अभाब भएको भन्दै हल्ला फिजाउने र मल हुदा हुदै पनि कालो बजारी गर्नेलाई कानुनि कारबाही गर्ने समेत प्रमुख केसीले बताए । लमही क्षेत्रमा युरिया मल प्रशस्तै छ तर डिएपीको अभाब भएको छ तर किसानलाई म केहि दिन पर्खिन आग्रह गर्दछु केसीले भने । आवस्यकता अनुसार कृषकले रासायनिक मल पाउन नसक्दा उत्पादनमा कमी आउने देखीएकोले स्थानीय तहको माध्यमवाट नेपाल सरकारलाई ध्यानाकर्षणका लागि ज्ञापन पत्र बुझाईएको नेपाली काङ्ग्रेस दाङ्ग क्षेत्र नम्बर एकका सभापती भेषराज पाण्डेले बताए ।


क्याटेगोरी : प्रदेश ५
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस