Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५अनुदानमा किसानलाई कृषी यान्त्रिक वितरण

अनुदानमा किसानलाई कृषी यान्त्रिक वितरण


दाङ, व्यवासयिक कृषि कार्यमा संलग्न सहकारी र कृषि फर्मलाई अनुदानमा कृषि औजार प्रदान गरिएको छ । प्रदेश सरकार कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको ७५ प्रतिशत र ५० प्रतिशत अनुदानमा कृषि औजार उपलब्ध गराइएको छ ।

८ ओटा पावर ट्रिलर, १ ओटा माछालाई अक्सिजन प्रदान गर्ने एरियटर, २ ओटा विद्युतबाट घाँस काट्ने च्यापकटर मेसिन, २ ओटा धान थ्रेसर मेसिन कृषि सहकारी तथा कृषि फार्मलाई प्रदेश सभा सदस्य रेवतीरमण शर्माले प्रदान गरेका हुन् । लमही नगरपालिका वडा नं. ३ मा रहेको लालीगुँरास जैविक विविधता कृषक सहकारी संस्थालाई पावर ट्रिलर र धान थ्रेसर, गढवा गाउँपालिका वडा नम्बर ५ सत्गौवा कृषक सहकारी संस्था लिमिटेडलाई पावर ट्रिलर, समृद्धि लाइभस्कटक प्राली लमही–२ लाई च्यापकटर अनुदानमा प्रदान गरिएको छ ।

यस्तै अनुदानमा पावर ट्रिलर पाउनेहरुमा सुन्दर कृषि फर्म शान्तनगर–३, स्वर्गद्धारी कृषि तथा फसु फर्म, लमही–२ स्थित समुन्नती सामाजिक उद्यमी महिला सहकारी संस्था, लमही–८ स्थित ईन्द्रेणी महिला कृषक समुह, देउखुरी कृषि बहुउद्देश्यीय सहकारी संस्था, निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्था लमही–१ ले पाएका छन् । यस्तै दुमदुमा भगवती तरकारी तथा विउ आलु उत्पादन सहकारी संस्थाले धान थ्रेसर मेसिन अनुदानमा प्राप्त गरेको छ । निक माछा पालन फार्मले एरियटर प्राप्त गरेको छ ।

यस्तै कृषि औजार हस्तान्तरण गर्दै प्रदेश सभा सदस्य रेवतीरमण शर्माले कृषि क्षेत्रमा युवाहरुको आकर्ष बढाउन कृषि पेशालाई पूर्ण यान्त्रिकरण गर्नुपर्ने बताए । प्रदेश सरकार कृषि क्षेत्रलाई पूर्ण यान्त्रिकरण बनाउने योजनाका साथ कृषि औजार अनुदानमा उपलब्ध गराउन शुरु गरिएको उल्लेख गरेका छन् ।

प्रदेश कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको पावर ट्रिलरमा ५० प्रतिशत र एरीयटर, च्याप कटर, थ्रेसर मेसिनमा ७५ प्रतिशतको अनुदानमा वेला इन्भेस्टमेन्ट प्रालि मार्फत किसान ट्रेड एण्ड सप्लायर्स लमही मार्फत वितरण गरिएको हो ।


क्याटेगोरी : प्रदेश ५


तपाईको प्रतिक्रिया दिनुहोस