गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ ‘उडायो सपना सबै हुरीले……’ ‘उडायो सपना सबै हुरीले……’ प्रिया स्मृती गजमेर साउन ४, २०७६ गते १७:२३ मा प्रकाशित दाङ, राजपुर गाउपालिकाको वडा नम्बर १ को माररीखोला अत्यन्तै बिकट बस्ति हो । सोहि बस्तीमा एक सामान्य आर्थिक स्थिती भएका सुनार परिवारको बसोबास । घर खर्च चलाउन गाह्रो भएपछी दुवै लोग्ने स्वास्नीको सल्लाह बमोजिम भिम कुमारीका श्रीमान् धन कमाउन विदेश लागे ।सानो झुप्रो, धेरै पैसा कमाएर ठुलो महल बनाउने सपना थियो उनीहरुमा तर सोचेको भन्दा धेरै फरक भैदिएको छ । बिकटको बस्ति, गर्मीयामको सिजन, भौगोलिक बनावट नै फरक प्रकृतीको, न टेलिफोनले राम्रो संग काम गर्छ न त भनेको बेला एम्बुलेन्स र दमकल पुग्छ त्यो बस्तीमा । राजपुर गाउपालिका वडा नम्बर १ माररीखोला निवासी भिम कुमारी सुनारले गर्मीले आकुल ब्याकुल भएका बेला टेबलमा रहेको पंखा चलाउन खोजिन उक्त पंखाले सितलता प्रदान गर्नुको साटो झन् गर्मि हुने गरि तनाब सिर्जना गरायो ।भिम कुमारीले हेर्दा हेर्दै घर जलेर खरानी भयो तर उनले आफ्नो ८ बर्षिया छोरी बाहेक अरु केहि बचाउन सकिनन् । घरको आर्थिक स्थिति दयनीय थियो नै अब त्यो पनि रहेन ।पंखा चलाउन खोज्दा बिधुतको तार सर्ट भएर आगो निस्कियो । खरले छाएको घर, हेर्दा हेर्दै आगोले एकै छिनमा स्वाहा बनायो । भिम कुमारीले हेर्दा हेर्दै घर जलेर खरानी भयो तर उनले आफ्नो ८ बर्षिया छोरी बाहेक अरु केहि बचाउन सकिनन् । घरको आर्थिक स्थिति दयनीय थियो नै अब त्यो पनि रहेन । सानो परिवारलाई सुखी बनाउने सपना बोकेर भिम कुमारीका श्रीमान् विदेश गएको पनि भर्खर हो । यता घरमा आगलागी भएको खबरले सुनेका श्रीमान पनि बेचैनी बनेका छन् । साहु कर्जा गरेर धन कमाउन विदेश गएका श्रीमानलाई घरको नराम्रो खबर सुनेपछि नराम्रो लाग्नु स्वाभाविक हो । गहभरि आशु लिदै भिम कुमारीले भनिन अब जे हुनु भैहाल्यो आफ्नो ख्याल गर्दै काम गर्नु होला यताको पिर नलिनुस म छदै छु, तर यो प्रदेशीको मन बुझाउने बाटो मात्र हो भन्छन उनका श्रीमान् । यति बेला भिम कुमारी ८ बर्षिया छोरीलाई लिएर बेलाको मटेरियामा आश्रय लिरहेकी छन् ।यसै बीच देउखुरी उधोग बाणिज्य संघका महासचिब कमलजंग सिंह ठकुरी, नेपाली कांग्रेस साबिक बेला गाबिसका सभापती शरद कुमार बुढाथोकी र राजपुर गाउपालिका वडा नम्बर पाँचका वडाध्यक्ष नरेन्द्र सिंह भण्डारीले आज शनिबार अग्नी पिडितलाई आर्थिक राहत प्रदान गरेका छन् । आज शनिबार एक कार्यक्रमको आयोजना गरेर आगलागी पिडित सुनारलाई नेपाली कांग्रेस साबिक बेला गाविसका सभापति शरद कुमार बुढाथोकीले नगद पन्ध्र हजार र राजपुर गाउपालिका वडा नम्बर पाँचका वडाध्यक्ष नरेन्द्र सिंह भण्डारीले दश हजार रुपैया प्रदान गरेका हुन् । त्यस्तै देउखुरी उधोग बाणिज्य संघका महासचिव एवं युवा व्यवसायी कमलजंग सिंह ठकुरीको नेतृत्वमा लमही बजारमा व्यवसाय गर्ने व्यवसायीहरुसंग संकलन गरेको खाद्य सामान पिडित सुनारलाई प्रदान गरिएको छ ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअब फर्केर भारत जाने चाहाना छैनकाँग्रेस नेता एनपी साउदमाथि ओली समूहको आक्रमणविद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’आम्दा नेपालको प्रशंसनीय कार्य “बिकट बस्तिमा स्वास्थ्य भवन” धेरै पढिएका १भ्रस्टाचारको आरोपमा एनआरएन युएइका अध्यक्ष कोईराला र उपाध्यक्ष शेर्पा निलम्बित, ६ सदस्यीय छानबिन समिति गठन २तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत ३बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ४विद्यालयमा शिक्षक हेमराज विकको दादागिरी ‘ विद्यार्थी माथि निर्घात कुटपिट’ ५विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ६एनआरएनए उद्धार कोषमा व्यापक अनियमितता, मध्यपूर्व संयोजक तथा उपसंयोजकद्वारा छानबिनको माग ७४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ८मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ताजा अपडेट ओलीका दुई विकल्प : राजीनामा वा अविश्वासको सामना १६ देशमा कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार सज्जा चौलागाईंको आवाजमा गायत्री पाण्डे सेडाई को आफ्नो कथा सार्वजनिक ! यस्तो छ संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ) पत्रकार सम्मेलन मार्फत एनआरएनए साउदीले गर्यो घोटाला आरोपको घोर भत्सर्ना (भिडियो सहित) प्रवासी श्रमिकहरूले पठाएको रेमिट्यान्स दोहन नगर्न विवेकशील साझा प्रवासका नेता सुरेश भट्ट आश्रिनको आग्रह आइसीसीको निर्देशन अनुसार खाता खोलिएको हो: कोइराला (भिडियो सहित) भाइरल बन्दै पूर्व राजारानीकाे नृत्य