गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ जीविकोपार्जनका लागि बाख्रा वितरण जीविकोपार्जनका लागि बाख्रा वितरण प्रिया स्मृती गजमेर असार ३१, २०७६ गते १३:५९ मा प्रकाशित दाङ, लमही नगरपालिका वडा नम्बर ३ बनगाउँका लिलबहादुर डाँगि अहिले दंग छन् । वडा नम्बर ३ को वडा कार्यालयले जीविकोपार्जन कार्यक्रम अन्तर्गत अनुदानमा वितरण गरेको बाख्रा पाएपछि उनी दंग भएका हुन् । वडा कार्यालयले वडा अन्तर्गत ३६ घरधुरी प्रतिव्यक्ति सोह्र हजार मुल्य बराबरको दुईवटा उन्नत जातको बाख्रा अनुदानमा वितरण गरेको छ । असाय, अशक्त, अपाङ, न्यून स्तर भएका एकल महिला र अति विपन्न घर परिवारलाई अनुदानमा बाख्रा वितरण गरेको हो ।प्रत्येक वडाको वार्षिकरूपमा असाय, अशक्त, अपाङ, न्यून स्तर भएका एकल महिला र अति विपन्न घर परिवारलाई समृद्ध बानाउने योजना रहेको र आयआर्जन गरी आत्मनिर्भर बनाउने उद्देश्य रहेको लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बाबुराम चौधरीले बताए ।कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख कसलबहादुर केसीले एकल जीवन बिताउँदै आएका असाय, अशक्त, अपाङ, न्यून स्तर भएका एकल महिला र अति विपन्न घर परिवारलाई अरु सरह नै निर्धक्कका साथ समाजमा व्यवसाय गरेर आत्मनिर्भर बन्न आग्रह गरे । नगर प्रमुख केसीले नगरपालिकाले असाय, अशक्त, अपाङ, न्यून स्तर भएका एकल महिला र अति विपन्न घर परिवारलार्ई एकताबद्ध गराउन नगर स्तरिय समिति गठन गरेर विभिन्न आयमुलक कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी गराए ।कार्यक्रममा लमही नगरपालिका उप–प्रमुख देबका बेल्वासेले अनुदानमा वितरण गरिएको बाख्राको राम्रोसंग पालपोषण गरी छिट्टै नै उत्पादन लिन आग्रह गरिन् । वडा नम्बर ३ को वडा कार्यालयको विनियोजित वडाको ५ लाख २५ हजार वजेटबाट ३ लाख मुल्य बराबरको बाख्रा र २ लाख २५ हजार मुल्य बराबरको कोइराल, बडहरा र बकेनाको घाँस अनुदानमा वितरण गरिएको वडा कार्यालयले जनाएको छ । एकल असाय, अशक्त, अपाङ, न्यून स्तर भएका एकल महिला र अति विपन्न घर परिवारलार्ई लक्षित गरी वडाले गरेको कामप्रति धन्यवाद लिलबहादुर डाँगिले व्यवसायिक तवरबाट बाख्रा पाल्ने बताए ।बाख्रा पालेर घरखर्च, छोराछोरीको पढाई खर्च चलाउने सोँच बनाएको लमही नगरपालिका वडा नम्बर ३ टिकुलीगढ निवासी धनिराम चौधरीले बताए । वडाले कृषि र पर्यटक क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न अनुदानका कार्यक्रमहरु गरिरहेको छ । महिला समुहलाई समुहमा तरकारी खेती गर्न अनुदान रकम सहयोग जस्ता कार्यक्रमले यहाँका कृषकलाई व्यवसायमा हौसला मिलेको छ ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्युव्यावसायिक बाख्रापालक महासंघ दाङले मनायो प्रथम बाख्रा दिवस ( यस्तो…एनएलजी ईन्स्योरेन्सको आयोजनामा ३ दिने कृषि तथा पशु बिमा तालिम…तुल्सीपुरको लक्ष्मीवास सहकारी संस्था र USAID को साझेदारीमा वित्तीय साक्षरता… धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट नव–निर्वाचित जनप्रतिनिधिहरुलाई लमजुङ सेवा समाज कतारको बधाई तथा शुभकामना एम्बुलेन्स दुर्घटना हुँदा एक वृद्धाको मृत्यु दैलेखमा बस दुर्घटनामा परि मृत्यु भएका चार जनाको पहिचान खुल्यो पहुँचका भरमा जहाजको टिकट वितरण विद्रोहीद्वारा काश्मिरकी टिकटक स्टारको हत्या ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले लिए शपथ ग्रहण युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमा देश विभाजित – जेलेन्स्की विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामा